६ नम्बर प्रदेशको संसदीय दलको नेतामा शाही सर्वसहमत-भण्डारी लाई उचित स्थान दिईने निर्णय

कर्णाली पोष्ट दैनिक, जु्म्ला ।
प्रदेश नम्बर ६ को संसदीय दलको नेतामा नेकपा माओवादी केन्द्रको तर्फवाट महेन्द्रवहादुर शाहीलाई चयन भएका छ । सुर्खेतमा बसेको संसदीय दलको बैठकले शाहीलाई सर्वसम्मत दलको नेतामा चयन गरेको माओवादी केन्द्र ६ नम्वर प्रदेश ईन्चार्ज शक्तिवहादुर वस्नेत ले जानकारी दिए ।

एमाले र माओवादी केन्द्रबीच भएको सहमति अनुसार ६ नम्बर प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रले पाउने भएको थियो । अव संसदीय दलको नेता नै मुख्य मन्त्री वन्ने व्यवस्था भएपछि शाही मुख्य मन्त्री वन्ने भएका छन् ।

दलको वैठकले शाही संसदीय दलको नेता वन्ने भनी निर्णय समेत गरेको छ । शाही संगै मुख्य मन्त्रीको दावी जुम्लाका सांसद नरेश भण्डारीले गरेका थिए । तर भण्डारीलाई उचित स्थान दिने सहमती समेत सांसदीय दलले गरेको छ । भण्डारीले भने यस बारे कुनै धारणा व्यक्त गरेका छैनन् ।

प्रकाशित मिति : २०७४ माघ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस