पश्चिम नेपालकै ठुलो अस्पताल प्रधानमन्त्रीले आज उद्घाटन गर्दै

सागर परियार,कर्णाली पोष्ट दैनिक जुम्ला ः नेपालकै गौरव आयोजनाका रुपमा रहेको पश्चिम नेपालकै ठुलो ३ सय शैयाको अस्पताल प्रधानमन्त्री शेरबहादुर देउवाले आज केही समयमै उद्घाटन गर्ने भएका छन् ।

अस्पतालको उद्घाटन संगै प्रतिष्ठानलाई हस्तान्तरण पनि गरिने भएको छ । उद्घाटकना लागि आईतबार विहान साढे ९ बजे प्रधानमन्त्री जुम्ला आई पुग्ने कार्यतालिका रहेको प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लले बताए । उनका अनुसारका प्रधानमन्त्री सहित स्वास्थ्य मन्त्री दिपक बोहोरा, रक्षा मन्त्री भीमसेन दास प्रदान, राष्ट्यि योजना योजना आयोगका श्रीकृष्ण गिरी लगायतको टोली जुम्ला आउदै छ ।

उद्घाटन पहिले पुरानो प्रतिष्ठानमा उपचारथ रहेका विरामीलाई प्रधानमन्त्रीले फलफुल वितरण गर्ने, अहिले सैचालित १ सय शैयाको अस्पताल अवलोकन गर्ने कार्यक्रम रहेको रजिष्टार काफ्लले जनाए । उद्घाटनको तयारी लगभग अन्तिम चरणमा आईपुगेको छ । प्रतिष्ठानका उपकुलपति राजेन्द्रराज वाग्लले भने, २ घण्टाको कार्यक्रम तय भएको छ ।

यस अघि माघ २२ गते स्वास्थ्य मन्त्री दिपक बोहोरा संग भएको भेटवार्ताले पुरानै सरकारका प्रधानमन्त्री देउवाबाट उद्घाटन गर्ने निक्र्यौल भएको बताए । अस्पताल उद्घाटन तथा हस्तान्तरणको तयारी पुरान भएको जानकारी दिन गरिएको पत्रकार सम्मेलनका अबसरमा ३ सय शैयाको भवन संचालन पश्चात पश्चिम नेपालका जनताले सर्वसुलभ स्वास्थ्य सेवा पाउने प्रतिबद्धता प्रतिष्ठानका पदाधिकारीहरुको छ । अत्याधुनिक सेवा सहित सबै उपकरणहरु जोड्ने क्रमम चलिरहेको छ ।

नव निर्मित ३ सय शैयाको अस्पताल पश्चिम नेपालकै मात्र गौरब नभई राष्टिय स्तरको संस्थाका रुपमा स्थापित हुन पुगेको प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईले दाबी गरे । भवनको निमार्ण कार्य सम्झौता मिति भित्र सकाउन कम्पन्न िसफल भयो । र सबै सरोकारवालाहरुको सहयोगले राष्ट्यि स्तरको संस्थाका रुपमा स्थापित हुने पुगेकोमा खुसी व्यक्त गरे । ३ सय शैया अस्पतालको लागत ईस्टमेट ९१ लाखको भएपनि टैनडर प्रक्रियामा झण्डै ७६ करोडमा निमार्ण सम्पन्न भएको ।

प्रधानमन्त्री आउने भएपछि सरसफाई तिब्र
अस्पताल उद्घाटनका लागि प्रधानमन्त्री सहित उच्चस्तरको टोली जुम्लामा आउने भएपछि जुम्ला सदरमुकाममा सरसफाई लाई तिब्र पारिएको छ । होटल व्यवसायी, हरुले आफ्नो सपल अगाडी सधै जथाभावी फाल्ने फोहोर प्रधानमन्त्रीलाई राम्रो देखाउनको लागि भएपनि लुकाउने गरेको पाइएको छ ।   सधै फोेहोर देखिने एरर्पोट हुदै कालेखोली लाईन, देखि कृष्ण मन्दीर देखि प्रतिष्ठान सम्म पुग्ने बाटो घाटो चिटिक्क पार्न तर्फ सबै बेस्थ रहेका छन् । सधै आफुले गर्ने अव्यवस्थित फोहोर व्यवस्थापनमा ध्यान दिएको भए बाहिरी जिल्लाबाट नेता आउँदा रातारात टालटुल गर्नु पर्ने स्थिती नहरने नागरिक समाज जम्लाका अध्यक्ष राज बहादुर महतलले बताए । सरसफाई अरुलाई देखाउनु भन्दा आफ्नो लागी हुने कुरा सबैले मनन गर्नु पर्ने उनको तर्क छ ।

सिँगारिदै प्रतिष्ठान क्षेत्र 
आईतबार विहान साढे ९ बजे उद्घाटन हुने भवनको सिगार पटारमा सयौ मान्छे बेस्थ रहेका छन् । माघ २२ गते स्वास्थ्य मन्त्री संगको भेटवार्ता पछि उद्घाटन गर्ने मिति तय हुँदा निमार्ण सम्पन्न भवनको भित्री व्यवस्थापनमा लागेपनि अझै बाँकी रहेको प्रतिष्ठानका प्रसाशकिय अधिकृत द्धन्द्ध बहादुर शाहिले बताए ।
शनिबारका दिन कसैलाई पनि नव निर्मित भवन भित्र जान दिइएको छैन् । सिगाँर काम हुदै छ । उनले भने, त्यस क्षेत्र वरिपरिको सरसफाई देखि सबै व्यवस्थामा सबै लागिपरेको छ बताए ।

सुरक्षा व्यवस्था मजबुद
आईतबार हुने उद्घाटनका लागि प्रधानमन्त्री संगै आउने अन्य उच्च स्तरका व्यक्तिको लागि सुरक्षा अबस्था निकै मजबुद पारिएको प्रमुख जिल्ल अधिकारी विष्णु पौडेललले बताए । एरर्पोट देखि कालेखोली हुदै बजार देखि प्रतिष्ठान सम्मको बाठोमा कडा सुरक्षा व्यवस्था गरिने उनको भनाई छ । नेपाल प्रहरी, शसस्त्र प्रहरीले मन्त्रीहरुको कडा सुरक्षा गर्ने र त्यसमा कुनै तुक नरहने उनको दाबी छ ।

प्रकाशित मिति : २०७४ माघ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस