विद्यार्थी हत्याको आरोपमा प्रअ रोकाया पक्राऊ

प्रधानाध्यापक धनलाल रोकायाला

नरजन तामाङ

हुम्ला ः एसइई परिक्षाको तयारी गर्दै आएकी १७ वर्षीय सिचुडोमा लामाको हत्या आरोपमा प्रधानाध्यापक धनलाल रोकायालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान ९ बजे हुम्ला जाने क्रममा सुर्खेतका विमान स्थलबाट पक्राउ परेका हुन ।

हुम्ला महावौद्ध विद्यालयमा एसईइको तयारीका लागि ट्युसन पढन विद्यालयमा बस्दै आएकी नाम्खा गाँऊपालिका ५ तुम्कोटकी १७ वर्षीय सिचुडोमा लामाको रहस्य मृत्यु भएको भन्दै उनका परिवारले छानविनको माग लागि जिल्ला प्रहरी कार्यालय हुम्लामा जाहेरी दर्ता गराएका थिए ।
मृतक सिचुडोमा लामा

माघ ७ मा विद्यालयमा अचानक बेहोस भएकी लामालाई उपचारका लागि भन्दै पोखराको मणिपाल अस्पताल पु¥याइएकी छात्राको सोही दिन मृत्यु भएको परिवार श्रोतले जनाएको छ ।

त्यसलाई अप्राकृतिक भन्दै मृत्युका लामाका परिवारले प्राधानध्यापक धनलाल रोकायालाई दोषी ठहर गरी जिल्ला प्रहरी कार्यालय हुम्लामा जाहेरी दर्ता गरेका थिए ।

विद्यालय अध्ययनका लागि गएको महिना दिन नबित्दै लास देख्न नपाउने गरी भएको छोरीको मृत्युले आक्रोशित बनाएको बाबु लेन्डो मिन्गुर लामा तामाङले बताए । प्रअ रोकायाले सिमकोट सुर्खेत नेपालगञ्जमा अस्पताल हुँदा हँुदै हेलिकप्टरबाट पोखरा लगेर छोरीको लाससम्म पनि देख्न नपाउने परिस्थिति बनाइएकोले प्रअ रोकाया विरुद्ध जाहेरी दिएको बताए ।

जाहेरी दिएको एकसातापछि पक्राऊ
प्रधानाध्यापक धनलाल रोकायाला

जिल्ला प्रहरी कार्यालय हुम्लामा जाहेरी दर्ता भएको एक सातापछि प्रअ रोकायालाई सुर्खेत विमानस्थलबाटै पक्राउ गरेका जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी श्याम सिंह चौधरीले जानकारी दिएका छन् ।

आज सर्खेत विमानस्थलबाट पक्राऊ परेका उनलाई भोली हुम्ला पठाइने डिएसपी चौधरीले बताए । कानुन बामोजिम मुद्धा दर्ता भएको र यसको अनुसन्धानको कार्य सुरु भएको प्रहरीले जनाएको छ ।

मृतक लामा, उनकी साथी रमिता लामा र प्रअ रोकायाकी छोरी एलिसा सँगै बस्दै आएको परिवार श्रोतले जनाएको छ । मृतक लामा अचेत भएपछि प्रधानाध्यापक रोकायाले परिवारलाई जानकारी नदिई पोखराको मणिपाल अस्पताल पु¥याएको जाहेरीमा पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन २ गते बुधवार
प्रतिक्रिया दिनुहोस