कालिबहादुर मल्ल
कालिकोट ः स्थानीय तहका जनप्रतिनिधिलाई तत्काल राजिनामा दिन नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ताले फागुन ३ गते धम्की दिएको पीडित पक्षले जनायो ।
नेपाल कम्युनिष्ट पार्टीद्वारा घोषित जनसरकार प्रमुख विशाखर जैसीद्वारा फागुन २ गते हस्ताक्षर गरिएको पत्रमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख वडा अध्यक्षलाई राजिनामा दिन धम्की दिइएको छ ।
स्थानीय तहका जनप्रतिनिधिलाई जिल्ला जनपरिषद् कालिकोटका नाममा पत्र आएको पचाल झरना गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए ।
‘जिल्ला जनपरिषदका नाममा राजिनामा दिन भन्दै पत्र आएको छ ।’(उनले भने(‘पत्रमा जनप्रतिनिधिहरूलाई धम्कीपूर्ण भाषा बोलिएको छ ।’ जिल्ला जनपरिषद् हाम्रो सत्ता भएकाले पुरानो सत्ता टिकाउने जनप्रतिनिधिलाई पत्र काटेर राजिनामा दिन आहृवान गरिएको नेपाल कम्युनिष्ट पार्टी कालिकोट जिल्ला सेक्रेटरी रणदीप ऐडीले बताए ।
‘पुरानो सत्तालाई टिकाउन जनप्रतिनिधि भएका छन् ।’(उनले भने(‘हामीले खारेजीको माग लिएका कारणले उहाँहरूलाई राजिनामा दिन पहिलो चरणको पत्र काटेका हौँ ।’ जनप्रतिनिधिलाई नेपाल कम्युनिष्ट पार्टीले पत्र पठाएपछि जनप्रतिनिधिहरू त्रसित बनेका छन् ।