शैक्षिक सत्र शुरु भइसक्दा पनि कर्णालीका कुनै जिल्लामा पुगेन पाठ्य पुस्तक

सागर परियार ः नयाँ शैक्षिक सत्र शुरु भई विद्यालय खुलेको दुई साता बित्न लाग्दासमेत डोल्पाका बालबालिकाको हातमा किताब पुगेको छैन । फागुनको पहिलो साता साझा प्रकाशन र निजी क्षेत्रको बिक्रेताबाट डोल्पाका लागि किताब बुझेका सातवटा स्थानीय एजेन्टले अझै विद्यालयमा किताब पुर्याउन नसकेको जिल्ला शिक्षा कार्यालय डोल्पाले जनाएको छ ।

सबैभन्दा पहिले किताब मुड्केचुला गाउँपालिकाको कालिका र नर्कूमा पुगेर आइतबारदेखि वितरण गरिने स्थानीय एजेन्ट लंकबहादुर रोकायाले जानकारी दिए । त्यसैगरी दुनै र फोक्सुण्डोको जिम्मा लिएका विष्णुलाल बुढाले पनि दुनैसम्म किताब पुर्याएका छन् ।

अर्का स्थानीय बिक्रेता पूर्णप्रसाद न्यौपानेले आइतबारबाटै किताब वितरण हुने बताए । जिल्लाका विभिन्न क्षेत्रका लागि सातवटा स्थानीय एजेन्टले ढुवानी गर्ने भए पनि कति जनाले विद्यार्थीको हातमा किताब पारे भन्ने जानकारी नदिएको तर कार्यालय निरन्तर पहलमा लागिरहेको निमित्त जिल्ला शिक्षा अधिकारी सिंहराज डांगीले बताए ।

शैक्षिक सत्र ०७५ का लागि डोल्पा जिल्लामा नौ हजार ७ सय ९१ थान किताब स्थानीय एजेन्टले ढुवानी गर्नुपर्ने छ । जनक शिक्षा सामग्री र निजी क्षेत्रले डोल्पा जिल्लाका कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि किताब वितरण गर्ने जिम्मा लिएको जनक शिक्षा सामग्री क्षेत्रीय प्रमुख रवीन्द्र शर्माले बताए ।
कक्षा १ देखि ५ सम्म निजी क्षेत्रले र कक्षा ६ देखि १० सम्म जनक शिक्षा सामग्री आफैले जिल्लामा किताब वितरण गर्ने जिम्मा लिएको छ । यस वर्ष डोल्पा जिल्लामा कक्षा १ देखि ५ सम्म ६ हजार १ सय ४६, कक्षा ६ देखि ८ सम्म दुई हजार २ सय १६, त्यसैगरी कक्षा ९ देखि १० सम्म एक हजार ४ सय २९ गरी जम्मा नौ हजार ७ सय ९१ थान किताब जिल्लाका विद्यालयमा ल्याउनुपर्ने हुन्छ ।

जुम्ला आउने किताब नेपालगन्ज थन्कीयो
जुम्लाका जिल्ला शिक्षा अधिकारी नारायणकृष्ण श्रेष्ठका अनुसार प्रावि तह १ देखि ५ कक्षा सम्मको पाठ्यपुस्तक नेपालगज्जसम्म आईपुगेको छ । भने, अरु मावि तहसम्म पाठ्यपुस्तक जनक शिक्षा सामाग्रीले केही जिल्लामा पुर्याएको र केही आउन बाँकी रहेको छ । उनले भने अहिल विद्यार्थीको हातमा पुगेको छैन फागुन दोस्रो सातासम्म पुग्ने छ । केहि आएको पुस्तक नेपालगन्जमै थन्कीएको छ ।

अहिले पाठ्यपुस्तकको रकम सवै स्थानीय तहमा गएकोले गाउँपालिका नगरपालिकाले विद्यालयमा खातामा हाल्ने व्यवस्था रहेको उनले बताए । जिल्ला शिक्षा अधिकारी श्रेष्ठले भने अहिले विद्यालयमा भर्ना अभियान चलिरहेका छ ।

पाठ्यपुस्तक जुम्लाका लागि तीनवटा विग्रेताहरु रहेका छन् । जीपी स्टेसनरी, सध्या स्टेसनरी र सिजा भेगका लागि सिजाको स्टेसनरी मार्फत पाप्त गर्ने व्यवस्थापन गरिएको जिल्ला शिक्षा कार्यालय जुम्लाले जनाएको छ ।

जिल्ला शिक्षा कार्यालय जुम्लाका शाखा अधिकृत महेश देवकोटाका अनुसार पाठ्यपुस्तकका लागि प्राप्त बजेट नआएकोले अझै पनि ५५ लाख बजेट अपुग छ । पाठ्यपुस्तकका लागि आएको बजेट ९५ लाख ३५ हजार हो अपुग बजेट माग गरी बढाएको छौँ उनले भने ५÷१० प्रतिशत तलमाथि हुन सक्छ ३१ हजार विद्यार्थीका लागि १ करोड ८३ लाख ९ सय २७ रुपैया बजेट आवश्यक पर्दछ । यो बजेट सवै ८ वटा स्थानीय तहमा जाने हो ।

जुम्ला जिल्लामा ९२ प्रावि, ३१ निमावि, ४६ मावि १५ उमावि छन् । ८ सय ७ शिक्षक दरबन्दी रहेकामा दरबन्दी रिक्त भने नरहेको जनाएको छ । १४ हजार ५ सय १४ बालक र १५ हजार ५ सय ४० बालिका गरी ३० हजार ५४ जना विद्यार्थी रहेका छन् ।

 

हिमाली जिल्लाहरुमा फागुन १ गते देखि शैक्षिक सत्र सुरु भएपनि पाठ्यपुस्तक भने आएका छैनन् । हिमाली जिल्ला जुम्ला, मुगु, कालिकोट, डोल्पा, हुम्ला लगायतका हिमाली जिल्लामाहरुमा फागुन देखि मंसिर सम्म विद्यालय संचालन हुने र पुस र माघ जाडो हुने भएकाले जाडो विदा हुने गर्दछ । सामुदायिक विद्यालय माघ २६ गते देखि संचालनमा आएपनि पाठ्यपुस्तक नपुगेका कारण विद्यार्थीहरु पुस्तक नलिएर विद्यालय जाने गर्दछन् ।

भर्ना अभियान भन्दै विद्यालयमा न शिक्षक न विद्यार्थी
जुम्लाका ग्रामिण भेग ताम्ती, मालिकाठाटा, घोडेमहादेव, पातारासी, गोठीचौर लगायतका क्षेत्रमा पर्ने विद्यालयहरु सुनसान छन् । माघ २६ गते देखि फागुन पहिलो सातासम्म भर्ना अभियान भनेपनि विद्यालय देखि गाउँघरमा न विद्यार्थी भेटिछन् न त शिक्षक नै ।  भर्ना अभियानका नाममा सवैले ठग्ने गरेको एक स्थानीय व्यक्तिले आक्रोस व्यक्त गरे । भर्ना अभियानका नाममा शिक्षकले ठग्ने गरेका छन् । जति भर्ना अभियान भनेपनि सम्पन्न वर्गका छोराछोरी निजि विद्यालयमै भर्ना गर्दछन् उही विपन्न गरिवका छोराछोरी सरकारी विद्यालयमा पढ्न जाने त हुन् तातोपानी गाउँपालिका ८ ताम्ती जोखे रावतले भने ।

चन्दननाथ माविका प्रधानाध्यापक टंक महतले विग्रेताहरुले बजारमा पाठ्यपुस्तक ल्याएका छौँ अहिले भर्ना अभियान चलिरहेकोले विद्यालय फागुन दोस्रो साताबाट चल्छ अब विद्यार्थीको हातमा पाठ्यपुस्तक आईपुग्छ । समग्र कर्णालीका हुम्ला,जुम्ला,मुगु,डोल्पा र कालिकोटमा कुनै जिल्लामा पनि पुस्तक नपुगेको संचारकर्मी साथीहरुले बताएका छन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस