
जाजरकोट ः जाजरकोटको जनिचाँदे गाउँपालिका ११ कोताङ्गमा प्रहरीले ९ थान वन्दुक र ३१ राउन्ड गोली सहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटले दिएको जानकारी अनुसार विहिवार जुनीचाँदे गाउँपालिका(११ कोर्तांगका चन्द्रवहादुर शाही र उनका छोरा नेत्रवहादुर शाहीको घरमा लुकाई(छिपाई गरी राखेको अवस्थामा उक्त परिमाणामा हात(हतियार पक्राउ गरेको हो ।
भरुवा वन्दुक एक नालको तीन थान, भरुवा बन्दुक दुइ नालको एक थान, बाह्रबोर बन्दुक दुई थान र एयरगन सानो ठूलो गरि ३ थान तथा गोली बरामद गरेको छ ।
गोप्य सूचनाको आधारमा खानतलासी गर्दा उक्त हतियार र गोली एवम जंगली जनावरका छाला अंगहरुसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी भावेस रिमालले बताए ।
प्रहरीले हतियारसंगै ३१ राउन्ड गोली र विभिन्न विस्फोटक पदार्थ समेत बरामद गरेको छ । प्रहरीका अनुसार ८ थान डेटोनेटर, पटकामा प्रयोग गरिने केप १५ वट्टा, २ केजी बारुद र जंगली जनावरको छाला ३ थान, सिङ ११ थान र नंङ र दाँत २२ थान पनि बरामद गरिएको छ ।
पक्राउ परेका बावु छोरालाई हात हतियार तथा खरखजना अन्तर्गतको मुद्दा चलाउने तयारी गरिएको प्रहरी जनाएको छ ।