हिउदे गाउँ सभाबाट चार स्थानीय ऐन पारित

 

जुम्ला ः तिला गाउँपालिकाले पहिलो हिउदे गाउँ सभाबाट चार वटा स्थानीय ऐन पारित गरेको छ । मंगलबार गाउँपालिकामा हिउदे गाउँ सभाबाट उक्त स्थानीय ऐन पारित गरेको हो ।
गाउँ सभाले स्थानीय भौतिक पुर्वाधार व्यवस्था ऐन, स्थानीय शिक्षा ऐन, स्थानीय स्वासथ्य सरसफाई तथा सरसफाई ऐन र स्थानीय कृषि व्यवस्थापन तथा प्रर्बद्धन ऐन पारित भएको गाउँपालिका प्रमुख रतननाथ योगीले बताए । उनले भने स्थानीय तहमा ऐन कानुन नभएका कारण कार्यसम्पादनमा समस्या थियो तर हिउदे गाउँ सभाबाट ऐन कानुन पारित भएपछि सहज हुने भएको छ । अब यिनै ऐन कानुनमा टेकेर गाउँपालिकाका विकास निर्माण देखि अन्य काम गर्ने छ ।
हिउदे गाउँ सभामा गाउँपालिकाको प्रगति तथा समिक्षा भएको प्रशासकिय प्रमुख विष्णुप्रसाद धितालले बताए । उनले भने पालिकाको बार्षिक बजेट २१ करोड ७३ लाख ५ हजार ६ सय ८६ रुपैया मध्ये ७ करोड ६७ लाख ८४ हजार ५ सय १ रुपैया खर्च भएको छ । अब गाउँपालिकामा १४ करोड ५ लाख २१ हजार १ सय ८५ रुपैया बाँकी रहेको प्रशासकिय प्रमुख धितालले बताए ।
विकासे बजेट १ करोड बढी खर्च
तिला गाउँपालिकाको १० करोड पुजीगत बजेट मध्ये १ करोड ८३ लाख ६ हजार ७ सय २० रुपैया खर्च भएको जनाएको छ । सडक, सिचाई, विद्युत लगायतका विकास निर्माणमा खर्च भएको प्रशासकिय अधिकृत धितालले बताए ।
उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन
तिला गाउँपालिका उपप्रमुख बिष्णुमाया बुढाको संयोजकत्वमा तिन सदस्सीय न्यायिक समिति गठन भएको छ । न्यायिक समितिको अनुमोदन हिउदे गाउँ सभाले गरेको छ । तिला गाउँपालिका उपप्रमुख विष्णुमाया बुढाले पालिकामा न्यायिक समिति गठन भएको छ यसले कार्यसम्पादनमा सहज हुने उनले बताईन । त्यसैगरी उपप्रमुख बुढाकै संयोजकत्वमा ५ सदस्सीय अनुगमन समिति पनि गठन भएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस