वडाध्यक्षले जनताको कुखुरा चोरी खाएपछि राजिनामा माग

कालिकोट ः सान्नीत्रिवेणी गाउँपालिका ९ का वडाध्यक्ष दुर्गबहादुर के.सी. र वडा सदस्य रामबहादुर के.सी.ले स्थानीयको कुखुरा चोरी खाएको आरोप लगाएका छन् । गत फागुन ६ गते राती वडाध्यक्ष र सदस्यले स्थानीय अर्जुन खत्रीको कुखुरा चोरी खाएको आरोप लगाएका हुन् । वडाध्यक्षले कुखुरा चोरी खाएर स्थानीयले थाहा पाएर वडाध्यक्ष गाउँभन्दा बाहिर गएको स्थानीयहरुले बताएका छन् ।

गाउँमा गत ६ गते राती वडा अध्यक्ष र वडा सदस्यले कुखुरा चोरेर खाएको स्थानीयले थाहा पाएपछि अहिले गाउँ छाडेर भागेको सुरक्षा कारणले नाम नबताउँने सर्तमा एक जना स्थानीयले बताए । ‘वडा अध्यक्ष र सदस्यले कुखुरा चोरेर भागेका छन् ।’ उनले भने, ‘गाउँमा सबैले कुखुरा चोरेको थाहा पाएपछि उनीहरु भागेका हुन् ।’

वडा अध्यक्ष र सदस्यले कुखुरा चोरी खाएको गाउँमा अहिले राजिनामा माग्दै स्थानीयले प्रेस विज्ञप्ती समेत निकालेर गाउँमा टाँस समेत गरेका छन् । स्थानीयले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘जनताको जिउधनको सुरक्षा गर्ने जनप्रतिनीधिहरुले कुखुरा चोरी खाएको प्रमाणित भएको छ ।’ उनले भने, ‘नैतिकताका आधारमा राजिमाना दिनुपर्छ ।’

खुकुरा चोरी खाएको आरोप स्थानीयले लगाएको बिषयमा तपाईको धारणा के हो भनेर वडा अध्यक्ष केसीलाई सम्पर्क गर्दा केसीले आफुलाई त्यस बिषयमा थाहा नभएको र आफु सदरमुकाममा रहेको वडा जाने बाटोमा हिड्दै गरेको बताए । ‘कुखुरा चोरीको आरोप कसले लगायो थाहा भएन् ।’ उनले भने, ‘अहिले म गाउँमा जादैँ छु । बुझेर तपाईलाई खबर गरौंला ।’
वडा अध्यक्षले कुखुरा चोरी खाएको बिषयमा गाउँपालिकामा कुनै जानकारी नभएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । ‘वडा अध्यक्षका बिषयमा गाउँपालिकालाई कुनै जानकारी छैन् ।’ उनले भने ।

प्रकाशित मिति : २०७४ फाल्गुन २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस