एम्बुलेन्स कुर्दाकुर्दै बीच बाटोमै बिरामीको ज्यान गयो

नन्दराम जैसी


जुम्ला । पातारासी गाँउपालिका ४ का धन बहादुर बुढालाई शनिबार दिउसो उपचारका लागि सदरमुकाम ल्याउदै गर्दा बाटोमै गुमाउनु प¥र्यो । ४२ बर्षका उनलाई दमको ब्यथाले सारै च्यापेपछि बिहान घरबाट स्टेक्चरमा बोकेर ल्याउदै गर्दा बिचबाटोमै गुमाउनु परेको हो । घरबाट साढे दुई घण्टा बोकेर ल्याएपछि उर्थुचौतारामा एम्बुलेन्सको प्रतिक्षा गर्दा गर्दै उनको निधन भयो ।

‘घरसम्म एम्बुलेन्स पुगेको भए बाबाले ज्यान मुमाउनु पर्ने थिएन, गाँउपालिकाको एम्बुलेन्स खोज्दा भेटिएन, प्रतिष्ठानको एम्बुलेन्स बोलाउन र पुग्न ढिलाई हुदाँ बाबाको मुत्युभयो’ मृतकका छोरा लालु बुढाले भने, ‘सडक पुगेपनि समयमै सवारी नपुग्दा सकस भयो । बिचबाटोसम्म एम्बुलेन्स बोलाउदाँ पनि ढिलो आयो । सामान्य अक्सीजन नपाएरै बाबाले ज्यान गुमाउनु पर्र्यो ।’ उनका अनुसार बाबाको मृत्युपछि बल्लतल्ल पुगेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एम्बुलेन्सले आते–जाते १२ सय भाडा पनि असुलेको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस