श्रीमद भावगतको नवौँ कथा प्रवचन जुम्लामा सुरु

जुम्ला ः जुम्लामा देखि श्रीमद भावगत नवौँ कथा प्रवचन कार्यक्रम आईतबार सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल सन्तोषी माताहरुले सहभागितामा रिवट काटर कथा प्रवचन उद्घाटन गरेका हुन् ।

चैत्र ४ गते देखि शुरु भएको प्रवचन झण्डै ९ दिन सम्म संचालन हुने जय सन्तोषी माता दिगो समाज सेवा जुम्लाले जनाएको छ । हिन्दु धर्मको संरक्षणका साथै सबैमा धार्मिक सहिसुषणता कायम रहोस भन्ने सोचले बेला बेला यस्ता कथा प्रवचनको आयोजना गर्ने गरिएको जय सन्तोषी माता दिगो समाज सेवा जुम्लाकी अध्यक्ष कमलादेवि महतले बताईन् । उनका अनुसार ९ दिन सम्म चल्ने श्रीमद भावगतको नवौँ कथा प्रवचनको प्रमुख बाचक गुरु रमानन्द आर्चाय रहेका छन् । सयौँ भक्तजनका माझ वाचक रमानन्द आर्चायले ९ दिन सम्म प्रवचन दिनु हुने भएको छ । आईतबार उद्घाटन शत्रको अबसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले सनातन हिन्दु धर्मको रक्षाका लागि यस्ता प्रवचनहरुले महत्वपुर्ण भुमिका खेल्ने बताए ।

सन्तोषी माताको मन्दिरमा रहेको वर्तमान सुरक्षा स्थितिलाई मध्यनजर गर्दैै अब मजबुद पारिने प्रजिअ पौडेलको भनाई छ । साथै सन्तोषी माता भगवानी थपलियाले भने, धर्मको संरक्षण कोही एकै व्यक्तिले गरेर नहुने तर्क गरे । आस्था र विश्वास मन देखि भर देश शान्ति सम्भव छ । उनले थपिन मन सन्तोष नभए विश्व शान्तिमा लाग्ने भने, अझै हत्या हिंसाले बढवा पाउने ठोकुवा गरिन् ।

अबको बाटो शान्तिको, अहिंसाको धार्मिक सहिसुणताको हो । सबै भक्तजनले सत्यको बाटो हिड्न आग्रह गरिन् । उद्घाटन कार्यक्रममा ईश्वरीय विश्व विद्यालय जुम्लाका दिदि बहिनी अन्य भक्तजन, जिल्ला स्थित पत्रकार सबैको सहभागिता रहेको थियो । ९ दिन सम्म चल्ने प्रवचनमा आउने जाने व्यवस्था निशुल्क गरिएको छ । भने, जुनसुकै समयमा आएर प्रवचन सुन्न सकिने बताइएको छ ।

प्रकाशित मिति : २०७४ चैत्र ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस