
जुम्ला ः सताव्दी औँ देखि समाजमा जगडीएर रहेको सामाजिक कुस्कार कुप्रर्था न्यूनिकरणका लागि सडक नाटक मार्फत छुईप्रथा विरुद्धको सन्देश जगाएको छ । एक्सन वक्र्स नेपाल जुम्लाको सहयोग तथा ग्रामिण विकास समन्वय केन्द्र जुम्ला र कर्णाली कला तथा सास्कृतिक संरक्षण मञ्चको आयोजनामा छुईप्रथा विरुद्धको चेतनामुलक सडक नाटक प्रर्दशन गरिएको हो ।
सडक नाटकका निर्देशक आन्नद अधिकारीका अनुसार मध्ये र सुदुरपश्चिम विशेष गरी कर्णालीको जुम्लामा सदियौँ देखि समाजमा जरा गाडेर रहेको छुईप्रथा अन्त्यको अभियानमा लागि परेका छौँ । उनले भने छुईप्रथा विरुद सडक नाटक मार्फत आम नागरिकमा चेतना फैलाएर छुई अर्थात महिनाबारी भएको अवस्थामा सरसफाई गरी गोठमा होइन घरभित्र बस्न आग्रह गरिएको छ । सडक नाटकका निर्देशक अधिकारीले यो एउटा समाजले बनाएको कुस्कार हो यसमा सत्यता छैन सव्य समाज निर्माणका लागि हामी सवै सुरक्षित रुपमा घरभित्र बस्नुपर्ने बताए ।
साविकका गाविस शनिगाउँको फुंग्र, महावैपाथरखोलाको भानु मावि जर्जाली, घोडेमहादेवको तुही, जुम्लाकोटको देउराली मावि, रारालिहिको सिता मावि रारालिहि, कुडारी बजार, लाम्राको देहारा रुप लाम्रा र चन्दननाथ नगरपालिको कृष्ण मन्दिर बजारमा सडक नाटक प्रर्दशन गरिएको जनाएको छ ।
विभिन्न सरकारी तथा गैरसरकारी निकाय, स्थानीय तहको समन्वय र सहकार्यमा तातोपानी गाउँपालिकाको श्रीनगर र हियाखोला, तिला गाउँपालिकाको रावतवाडा, जोगीवाडा र ढिम्कोटगाउँ छुईगोठ मुक्त भएका छन् भने पातारासी गाउँपालिकाको तल्लोलोर्प गाउँ छुईगोठ मुक्त घोषणा भएको छन् । त्यसै गरी पातारासी गाउँपालिका र सर्वाेदय नेपाल जुम्लाको समन्वयमा माथिल्लोलोर्प गाउँ चैत्र ५ गते छुईप्रथा मुक्त घोषणा गरिने भएको छ ।
धामी झाँक्री लागे छाउपडि मुक्त अभियानमा
धामीझाँक्रीले पनि छाउपडि मुक्त अभियानमा धामी झाँक्रीले साथ दिदै आएका छन् ।
धामीझाँक्रीले छुई अर्थात महिनावारी भएको अवस्थामा छुईगोठमा एक्लै बस्दा असुरक्षित र विभिन्न रोगबाट सक्रमति हुने अवस्था बुझेपछि घरभित्र बस्न सल्लाह दिन थालेका हुन् ।
तिला गाउँपालिका डुङरीगाउँका झाँक्री सन्तके रावतले महिनावारी भएको अवस्थामा घरभित्र सुरक्षित रुपमा बस्न सल्लाह दिए ।
अझै पनि गाँउका महिलाहरु छुईहुँदा घर बाहिर छुट्टै छाउ गोठमा बसाल्ने चलन छ ।
आफ्नो गाँउ आफै बनाँउ भन्दै गाँउलाई छाउपडि मुक्त बनाउन धामी झाँक्रीहरुले गाँउका महिला र पुरुषहरुलाई भेला गराई छुई बार्न नहुने सन्देश दिन थालेका छन् ।