सवारी साधनको भाडा एकरुपता गर्न प्रजिअको निर्देशन


जुम्ला ः कर्णाली राजमार्गमा चल्ने सवारी साधनको भाडा दर एकरुपता गर्न प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले यातायात व्यवसायीहरुलाई निर्देशन दिएका छन् । सावरी साधनको भाडादरका विषयमा संचार माध्यम कुरा आएपछि यातायात व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी पौडेलले यातायात व्यवसायीहरुलाई निर्देशन गरेका हुन् ।
यातायात व्यवस्थापन समिति जुम्लाको सोमवार वसेको वैठकले पुरानै भाडादरमा सवारी सञ्चालन गर्न निर्देशन गरेको हो ।
यातायात व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले कर्णाली राजमार्गमा भईरहेको मनपरी रोक्न निर्देश गरे । यातायातमा देखिएको विकृति रोक्नको लागि हदै सम्मको कडाई गर्छौ, उनले भने, नियम विपरित सञ्चालन हुने जुनसुकै क्रियाकलापलाई निरुत्साहित गर्नपर्छ ।
वैठकमा रुट प्रमिट लिएर मात्रै कर्णाली राजमार्गमा सवारी सञ्चालन गर्न सुझाब गरिएको थियो । रुट परमिट नलिएका सवारी साधनलाई तत्काल रोक लगाईने निर्णय भएको जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रमुख माधव रावतले बताए । उनका अनुसार टिकट नकाटेर सवारी चलाउनेलाई ठाउँको ठाउँ कार्वाही गर्ने निर्णय भएको छ । साना ठुला सवै सवारीको वसपार्कमा काउण्टर राख्नु पर्ने निर्णय भएको वताए । रातो पिलेटका सवारी साधनलाई सवारी ओसारपसारमा बन्देज लगाउने र सवै सवारी साधन वसपार्कवाट संचालनमा ल्याउनु पर्ने निर्णय भएको यातायात व्यवस्था कार्यालय जुम्लाले जनाएको छ ।
पछिल्लो समयमा कर्णालीका सडकमा मनपरि भाडा लिने गुनासो वढेपछि ट्राफिक चेकजाँचमा कडाई गर्न थालिएको हो । वैठकमा यातायात व्यवसायी र यातायात व्यवस्थापन समिति बीच पुरानै भाडामा सवारी सञ्चालन गर्न सहमति भएको छ । यातायात व्यवसायी रतन रोकायाले साना सवारी व्यवसायीलाई मर्का नपर्ने गरी भाडादर निर्धारण गर्न माग गरेका छन् । ठुला सवारीका कारण साना सवारी धनी मर्कामा छाँै, उनले भने, सवैलाई न्याय हुने गरि भाडा कायम गरिनु पर्दछ ।
चन्दननाथ नगरपालिकाका उपप्रमुख अप्सरादेवि न्यौपानेले खलंगा वजारका विभिन्न स्थानमा सडकमा सामान राख्ने गरेको पाइएकोले तत्काल हटाई सवारी साधन संचालनमा सहजता ल्याउन आग्रह गरिन् । ट्राफिक नियमको पालना गर्न सवै पक्षलाई सचेतना अभिवृद्धि गराउन जरुरी छ निर्णय कार्यन्वयन नगर्ने व्यवसायी र सवारीचालकलाई कार्वाही गर्ने उनले बताईन् ।
यसरी लिएका छन् यातायात व्यवसायीले भाडा
यातायात व्यवस्था कार्यालय जुम्लाका कार्यालय प्रमुख मित्रलाल ढकालका अनुसार जुम्ला –सुर्खेत प्रति यात्रु ८ सय १९ रुपैया र नेपालगज्जसम्म १ हजार ६९ रुपैया र जुम्ला काठमाडौँ २ हजार रुपैया पर्न जान्छ तर यो भाडादर कर्णाली राजमार्गमा सवारी सधान संचालन गर्ने व्यवसायीहरुले कार्यन्वयनमा ल्याएका छैनन् ।
जुम्ला देखि नेपालगज्जसम्म साना सवारी साधनले प्रतियात्रु २ हजार रुपैयासम्म असुल्ने गरेका छन् भने ठुला सवारी साधनले १ हजार २ सय रुपैया लिने गरेका छन् । काठमाडौँसम्म २ हजार ८ सय ५० रुपैया लिने गरेका छन् ।

प्रकाशित मिति : २०७४ चैत्र ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस