दन्तशिविरबाट स्थानीय लाभान्वित

जुम्ला ः पातारासी गाउँपालिकाको माथाचौरमा संचालित दन्तशिविरबाट स्थानीय लाभान्वित भएका छन् । स्वदेशी तथा विदेश दन्त चिकित्कहरुबाट स्थानीयले दातको चेकजाँच गराएका हुन् । कर्णाली विकास हातेमालो सेवा समाज जुम्ला संचालित पाँच दिने दन्तशिविरमा स्थानीयबासीहरुले सेवा लिएको जिल्ला संयोजक टेकबहादुर रावतले बताए ।
दन्तशिविरमा दलित १ सय ८ जना, बालिकालिका २ सय १० जना, महिला २ सय ३ जना र पुरुष ४ सय १३ जनाले सेवा लिएको आयोजकले जनाएको छ । पाँच दिनसम्म संचालित दन्तशिविर चैत्र ४ गते सम्पन्न भएको जनाएको छ ।

प्रकाशित मिति : २०७४ चैत्र ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस