जुुम्ला ः कर्णाली राजमार्ग निर्माण गरिएको १० वर्ष बित्न नपाउँदै जीर्ण बनेको छ । कर्णाली राजमार्ग दुई सय ३२ किलोमिटर सुर्खेत–जुम्ला सडक जीर्ण बन्दै गएको हो । कर्णाली राजमार्गलाई कर्णाली विकासको मेरुदण्डका रुपमा हेरिएको भएपनि सुर्खेत–जुम्ला सडकखण्डको कालोपत्रे गरिएको दुइवर्ष नपुग्दै धेरै ठाउँमा कालोपत्रे उप्किएको छ भने दुर्घटना रोक्न लगाइएका ‘सेफ्टी बार’ पनि भत्किएका छन् । २०७२ असार मसान्तमा ओटासिल प्रविधिबाट कर्णाली राजमार्ग कालोपत्रे सम्पन्न भएको थियो ।
कर्णाली राजमार्गको दैलेख, कालिकोट र जुम्लाखण्डको धेरै ठाउँमा कालोपत्रे गरिएको वा नगरिएको हो अनुमान गर्न नै कठिन अवस्थामा रहेको जुम्ला तातोपानी गाउँपालिकाका स्थानीय गणेश बुढाले बताए । ‘सयौं ठाउँमा कालोपत्रे गरेको अनुमान नै नहुने गरी सडक बिग्रिएको छ ।’ उनले भने, ‘धेरै ठाउँमा पहिरोले पिच भत्काएको छ । कयौँ ठाउँमा त कालोपत्रे गरिएको हो या होइन् भन्न सकिने अवस्थामा नै देखिदैन ।’
कर्णाली राजमार्गको राचुली, खल्लागाड, पिली भीर, मान्मको सुनार खोला, सेरिघाट, दैखोलाल र सुर्खेतका बड्डीचौरदेखि दैलेखको डुगेश्वरसम्मको ६० किलोमिटर सडकखण्डमा पनि कालोपत्रे उप्किएको दैलेख आठबिस नगरपालिका राकमका स्थानीयले बताएका छन् । ‘सुर्खेत देखि दैलेख सडकखण्डको अधिकाश ठाउँमा कालोपत्रे उप्किएरको छ ।’ उनले भने, ‘कालोपत्रे गरेको दुइवर्षमा नै कालोपत्रे उप्कने गरी कसरी सडक कालोपत्रे गरिएको हो ?’
कर्णाली राजमार्गमा विश्व बैंकको सहयोगमा नेपाल सरकारको रोड सेक्टर डेभलपमेन्ट प्रोजेक्ट मार्फत पहिलो चरणमा सुर्खेतबाट दैलेखको खिडीज्युला १ सय ३० किलोमिटरसम्म र दोस्रो चरणमा खिडीज्युलादेखि जुम्लासम्म विभिन्न ७ वटा निर्माण कम्पनी मार्फत ओटासिल कालोपत्रे गरिएको थियो ।
कालिकोटको मान्म, जुम्लाको खलंगासम्म कालोपत्रे
क पुर्याउने उद्देश्यले सस्तो प्रविधिको ओटासिल कालोपत्रे गरिएको तिला गाउँपालिका जुम्लाका प्रमुख रतननाथ योगीले बताए । सडक कालोपत्रे गरेको छ भन्ने उद्देश्यले मात्र राजमार्ग कालोपत्रे गरिएको हो । उनले भने,‘नामको मात्र कालोपत्रे गरिएको छ ।’ कर्णाली राजमार्गमा निर्माणधिन अवस्थामा रहेका दर्जन बढी पुल अझै बन्न सकेका छैनन् । कालिकोटको कालेखोला बाहेक अरु सवै पुल निर्माण ठेकेदार धेरै परिर्वतन भए तर पनि बनेन् उनले भने । पुल समयमा नबनेका कारण बर्षायाममा खोलामा पानी बढेपछि स्थलमार्ग यात्रा गर्नेले निकै सास्ती भोग्ने गरेका छन् ।
यसरी गर्दछन् कर्णाली राजमार्गमा यात्रा
कर्णाली राजमार्ग एकलेनको साँघुर भएको कारण दुई परक दिशाबाट आएका गाडीहरु पास हुन निकै मुस्किल पर्ने गरेको सवारी चालक चन्दननाथ नगरपालिका ७ जुम्लाका चन्द्रबहादुर कठायतले गुनासो गरे । उनले भने म लामोदुरीको जुम्ला काठमाडौँ गाडी चलाउन्छु सडक साँघुरो एकलेनको भएकोले कहिलो गाडीबाटो विग्रेपछि अर्काे गाडी गर्न सकिदैन रातभरी बाटोमै बस्नुपर्ने स्थिति हुन्छ । कति दिनरात कुनै बस्ती भएका सडकमा चाउचाउ खाएर काटेको अनुभव सुनाए ।
तिला गाउँपालिका प्रमुख रतननाथ योगीका अनुसार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा काम विशेषले पटक पटक जानुपर्ने हुन्छ तर जाने कसरी जुम्ला सुर्खेत सिधा हवाई सेवा छैन, स्थलमार्ग जादा सडक असहज छ समयमा काम भ्याउन सकिदैन । उनले भने चैत ११ गते प्रदेश राजाधानी सुर्खेत जानुपर्ने अवस्था आयो, स्थलमार्ग जादा कालिकोटको पिलिगाउँ नजिकै बन्दै गरेको पुल एउटा ट्रक विग्रेर सडक नै छेक्यो । अरु सवारी साधन क्रस गर्ने ठाउँ थिएन करीब एक घण्टा जति सडक देखिबाहिर नालीमा ढुंगा भरेर सडक बनाएर जानु परेको उनले बताए । सुर्खेत दुई घण्टा पछि पुग्नु परेयो । कर्णाली राजमार्गमा निर्माणधिन अवस्थामा रहेका पुल बर्षाै देखि उस्तै छन् काममै नगरेर देकेदार फेरिए तर पुल भने अझै उस्तै रहेका छन् ।
सडक विभागका सिनियर इन्जिनियर प्रमुख अंगलाल रोकायाका अनुसार बिश्व बैकको एक अर्ब ऋण सहयोगमा दैलेखको खिड्कीज्यूला देखि जुम्लासम्म ओटासिल प्रविधिको पिज हो । एकदमै सस्तो ओटासिल प्रविधिको पिज कर्णाली राजमार्ग सफल हुन सकेन उनले भने बिश्व बैकको ओटासिल प्रविधिको सर्तमा ऋण लिएर पिज भएकोले टिकाउन हुन नसकेकोले अव विभागले यो प्रविधि फेजआउट गरिसकेको छ ।
सडक विभागका सिनिजयर इन्जिनियर रोकायाले कर्णाली राजमार्ग निर्माणधिन अवस्थामा रहेका कालिकोटको टाकुल्ला बाहेक अरु सवै पुल असार मसान्तसम्म सम्पन्न हुने बताए । उनले भने टाकुल्ला पुल निर्माणका टेकेदारलाई विभागले समयमा काम नगरेकोले कालोसुचिमा राखेको र टेकेदारले काम गर्न नदिएको नभएर सर्वाेच्चमा उजुरी गरेको हुनाले अदालतको फैसला पछि मात्र निर्माण कार्य सुरु हुने भएको छ ।
कर्णाली राजमार्गमा निर्माणधिन अवस्थामा रहेका पाँच वटा पुल नेपाल सरकारको १५ करोड लागतमा बन्दै छन् भने १८ वटा पुल बिश्व बैकको सहयोगमा ६० करोड लागतमा बन्दै गरेको सडक डिभिजन कार्यालय, जुम्लाले जनाएको छ ।