केन्द्र सरकारले पठायो कर्णाली प्रदेशलाई थोत्रा गाडी !

सुर्खेत । संघीय अर्थात् केन्द्र सरकारले कर्णाली प्रदेशलाई थोत्रा गाडी पठाएपछि प्रादेशिक मन्त्रीहरुले हैरानी पाएका छन् । केन्द्रले पठाएका गाडीहरु मर्मत गरी चढ्नु पर्ने व्यथाका कारण कर्णाली प्रदेशका मन्त्रीहरुले हैरानी पाएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बा १ झ ९१८८ नम्बरको स्कार्पियो गाडी दिएको थियो ।

प्रधानमन्त्री कार्यालयबाट पठाएको गाडीले ९८ हजार किलोमिटर गुडेको, बढी मर्मत गर्नुपर्ने, टर्बोमा समस्य भएको, एसी नभएको, व्याक लाइट नभएको लगाययतका समस्याहरु रहेको पाइएको छ ।

केन्द्र सरकारले कर्णाली प्रदेशका लागि ११ वटा गाडी उपलव्ध गराएको छ । केन्द्रबाट आएका अधिकांश गाडीको अवस्था समस्यै समस्यले ग्रस्त छ । दुई वटा गाडी चल्ने अवस्थामा नरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत यूवराज न्यौपाने बताए ।
। केन्द्रबाट आएको बा १ झ ९१८८ नम्वरको स्कार्पियो र बा १ झ ३८६९ नम्वरको ल्याण्डक्रुजर प्रयोग नै गर्न नमिल्ने अवस्थामा रहेको छ । स्कार्पियो प्रधानमन्त्री कार्यालय र ल्यान्डक्रुजर गाडी शिक्षा विभागबाट पठाएको, बा १ झ ३८६९ नम्वरको अर्को गाडी चलाउँने अवस्थामा नरहेको पाइएको छ ।

गाडीको व्यवस्थापनमा कठिनाइ
केन्द्रले बिग्रिएका र थोत्रा गाडी गाडीहरु मात्र पठाएपछि कर्णाली प्रदेश सरकारलाई गाडीको व्यवस्थापन गर्न समस्या भएको छ । १५ वटा गाडी पठाएको जानकारी आएपनि ३ वटा अझै यहाँ नपुगेको शाखा अधिकृत न्यौपानेले बताए ।

१५ गाडी पठाउने जानकारी आएपनि तीन वटा गाडी अहिलेसम्म नपुगेको उनले बताए । आएका मध्ये पनि २ वटा बिग्रिएकाले व्यस्थापनमा समस्य भएको बताए । कर्णाली प्रदेशमा अहिले व्यवस्थापनका लागि ३४ वटा गाडी चाहिएको छ । तर केन्द्रले नदिएका कारण प्रदेश सभाका ४ वटा विभिन्न समितिका सभापतिहरु, विपक्ष दलका नेता, दलका सचेतक, संसदीय दलका नेतालाईसमेत सरकारले गाडी उपलव्ध गराउन सकेको छैन ।

त्यस्तै प्रदेशसभा सचिवालयका सचिव, भौतिक पुर्वाधार मन्त्रालयका सचिवलाई समेत गाडी छैन । प्रदेश सरकारका कतिपय मन्त्री र सचिवलाई जिल्ला तथा क्षेत्रिय कार्यालयसँग समन्वय गरेर गाडीको जोहो गरिएको छ ।

प्रकाशित मिति : २०७४ चैत्र १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस