गाँउ–गाँउमा छोरो खोज्दै आमा

नन्दराम जैसी

जुम्ला । बुढेसकालको उमेर, ५ दिनको लगातार हिँडाई, थाकेर आकुल ब्यााकुल बनेकि डोल्पा मुड्केचुला गाँउपालिकाकी ६० बर्षिया बृद्धा मनिषा बोहोराले जिल्ला प्रहरी कार्यालयको प्रतिक्षालयमा पुगेपछि पिठ्युमा बोकेको सानो छोला र हातमा समातेको लौरो बिसाउदै लामो सास फेरीन् । वारीपारी हेर्दै आँखाबाट तुरुक्क आँसु झार्दै उनि एकछिन चुप्प लागेपछि नजिकै बसेका सबैजना गम्भीर बने ।

छेउमै बसेका प्रहरी नायब उपरिक्षक डा. तपन कुमार दाहालले सोधे– आमा के को लागी आउनुभयो ? उनले भनिन्, ‘हराएको छोरो ७ महिना बितिसक्दापनि घर नफर्किएपछि छोराको खोजिका लागि प्रहरी गुहार्न यँहा आए ।’ तत्काल मुद्धा फाँटमा उनको उजुरी हेरेपछि प्रहरीले खोजिकार्य जारी रहेको बतायो । डिएसपि दाहालले छोरो भटिनसक्ने आवाश्वासन दिएपछि पिडाले भावुक बनेकि उनि शान्त भईन् ।

डोल्पाबाट ५ दिनको लगातार हिँडाईपछि गाँउ गाँउमा छोरो खोज्दै उनि जुम्ला पुगेकि हुन् । गएको भदौ १५ गते नेपालगंजबाट घर फर्किने क्रममा कालिकोटको बालिघाटबाट जुम्ला आउँदै गर्दा उनको छोरा २५ बर्षिय मुन बहादुर बोहोरा बेपत्ता भएका थिए । बेपत्ता मुन बहादुरका जेठान राज बहादुर शाहिले भदौ २० गते प्रहरीमा जाहेरी दिए, तर अहिलेसम्म न त उनि भेटिए, न कतैबाट खबर आएको छ ।

‘छोराको जोजिमा हिँडिदिने कोहि छैन, म बुढिले गाँउ गाँउमा छोरो खोज्दै हिडेको ७ महिना भयो, अब त थाकिसकेँ छोरो नभेटेकै पिरले मर्ने भएँ’ बृद्धा मनिषाले भनिन्, ‘श्रिमानले उहिले नै हामिलाई छोडेर सदाका लागि जानुभयो, घरमा दुई साना छोरा, एक बुहारी र हराएको छोराबाट ३ छोरी छन् । अब उनिहरुलाई कसले पालिदिने, अचेल रातमा निन्द्रा छैन, दिनमा भोक छैन, सायद म पनि छोरो भेटिन भने त्यहि पिडाले घर फर्किदैनहोला ।’

छोरो हराएपछि देविदेवताले लुकाएकि भन्ने परम्परागत मान्यता अनुसार शुरु शुरुमा देवता हेराँउदै समय बितेको उनले बताईन् । देवताले भने अनुसार दैलेखदेखि हुम्लासम्म सबै गाँउ ठाँउ छोराको जोजि गरीएपछि कँहि नभेटेकाले अन्तमा प्रहरीलाई गुहार्न आएको उनको भनाई छ । आफ्नो छोराको खोजि कार्यमा जुटिदिन अनुरोध गर्दै कतै नँया मान्छे भेटेमा खर गरीदिन उनको परिवारले आग्रह गरेको छ । बेपत्ता मुन बहादुर गँहुगोरो बर्ण, पाँच फिट उचाई र धेरै नबोल्ने स्वभावको रहेको परिवारले बताएको छ ।

प्रकाशित मिति : २०७४ चैत्र १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस