
जुम्ला ः आगामी बैशाख १ गतेबाट सुरु हुने राष्ट्रिय आर्थिक गणनाको तथ्यांक मिथ्यांक नहोस् भन्दै निमित्त प्रमुख जिल्ला अधिकारी तथा राष्ट्रिय आर्थिक गणना जिल्ला समितिका संयोजक समेत रहेका टेकबहादुर बुढ्थापाले निर्देशन दिएका छन् ।
निमित्त प्रमुख जिल्ला अधिकारी बुढ्थापाले जिल्ला स्तरीय सचेतना गोष्ठीमा गणक तथा सम्वन्धी निकायले निर्देशित गरेका हुन् । उपलव्धी मुलक दिगो विकासका लागि तथ्यांकमा आधारित योजनाहरु प्रभावकारी हुने भएकाले तथ्यांक तथ्यांक नै हुनुपर्नेमा उनले जोड दिए ।
जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले कार्यशाला गोष्ठीमा प्रस्तुत गरिएको कार्यपत्रमा माथि टिप्पणी गर्दै राष्ट्रिय आर्थिक गणनामा खटिने कर्मचारीहरुले कुनै पनि आधिकारिक व्यवसाय तथा प्रतिष्ठानहरुलाई नछुटाएर तथ्यांक संकलन गर्नुपर्ने बताए । उनले जुम्ला रहेका एक नगरपालिका र सात गाउँपालिकामा अवस्थित रजिष्टेड उद्योग, व्यवसाय र प्रतिष्ठानमा पुगेर आधिकारिक व्यक्तिहरुसँग भेटेर मात्र तथ्यांक संकलन गर्न सुझाब दिए ।
बैशाख १ गते देखि सुरु हुने राष्ट्रिय आर्थिक गणनामा २२ जना गणक र ३ जना गणकलाई निरिक्षण अनुगमन गर्ने सुपरिवेक्षक नियूक्त भएको आर्थिक गणना अधिकृत दानबहादुर ऐडीले बताए । उनका अनुसार आर्थिक गणकहरु हरेक प्रतिष्ठान, उद्योग व्यवसायमा पुगेर तथ्यांक संकलन गर्ने व्यवस्था गएको छ भने इमेल इन्टेर नेटका पहुचमा रहेका उद्योगपतिहरुले अनलाईन प्रणालीबाट पनि आफ्नो तथ्यांक भर्ने व्यवस्था रहेको छ ।