नमुना बन्दै पातारासी गाउँपालिका

सागर परियार

जुम्ला ः देशमा संघिता कार्यन्वयन भए संगै स्थानीय तहले उदाहरणिय कार्यको थालनी भएको छ । सिंह दरबारको अधिकार गाउँगाउँमा महसुस गराउन जनप्रतिनिधि लागि परेका छन् । पहिलो संघिय सरकारलाई बचाउन तथा कार्यान्वयन गर्नका लागि विभिन्न चुनौतीका बीच पनि गाउँपालिका समृद्धिको यात्रा थालिएको छ ।


गाउँपालिकामा कृषि प्राविधिक शिक्षालय देखि पक्की पुल निमार्ण तथा एक गाउँ एक सडक जस्ता योजनालाई प्रथामिकतामा राखेर समृद्धिको यात्रा थालिएको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए । गाउँपालिकाको सार्वजानिक सुनुवाईका अबसरमा मंगलबार उनले पहिलो संघियतालाई बचाउन विभिन्न चुनौतीका समृद्धिको खाँका कोरिएको उल्लेख गरे ।
युवा उद्यमशिलता, महिला सिप मुलक तथा होजियारी तालिम, कृषि कार्यक्रमलाई पहिलो प्रथामिकतामा राखी काम भईरहेको उनको भनाई थियो । सार्वजानिक सुनुवाई कार्यक्रममा सहभागीको जिज्ञासा मेटाउदै अध्यक्ष बोहोराले ढिलो चाडो गाउँपालिका समृद्धिको सन्देश जिल्लामा पातारासीबाटै दिने पनि दाबी गरे ।
कृषि उत्पादनका हिसाबले अबल भएकाले यहाँको आलु तथा विश्वकै उच्च स्थानमा धान फल्ने छुमचौर ज्युलोमा फल्ने कालीमार्सी धान संरक्षण जस्ता कुरालाई गरायता दिईने बताइएको छ । स्थानिय तहको निर्वाचन भएको एक वर्ष पुगिसक्दा पनि अन्यौलताका बीच सडक निमार्ण, एक घर एक धारा, पक्की पुल निमार्ण, एम्बुलेन्स सेवा लगायतका देख्न मिल्ले कुराको विकास भएको बताए ।


कर्मचारी र जनप्रतिनिधि बीच कुनै मनमुटाव छैन् । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर बुढाले भने, कर्मचारीको नियमितता, विषयगत कार्यालय कार्यक्रम संचालनको अबस्था सन्तोषजनक रहेको बताए । नागरिकलाई सिंहदरबारको महसुश गराउन कर्मचारी र जनप्रतिनिधि बीचको सम्बन्ध नङ मासु जस्तो हुन आबश्यक छ । उनले थपे, विस्तारै सबै कुराको व्यवस्थापन गर्दै पातारासी गाउँपालिकालाई देशका नमुना तथा समृद्ध पालिका बनाउने योजना अघि सारिएको प्रमुख प्रसाशकिय अधिकृत बुढाले बताए ।
गाउँपालिकामा आर्थिक वर्ष २०७४÷७५ मा विभिन्न सात शिर्षकमा विनियोजित कुल २४ करोड ५८ लाख २१ हजार १ सय २६ मा खर्च १२ करोड ६१ लाख ५४ हजा खर्च भएको छ । भने, कुल बजेटको अहिले सम्म ५१ प्रतिशत खर्च भएको छ । जति कम बजेट खर्च भयो । त्यतिनै आगामी आ.ब मा कम बजेट आउने अर्थ नीति छ ।
उनले भने, त्यसै अनुरुप विनियोजित सबै शिर्षकको बजेट आर्थिक वर्ष भित्रै खर्च गरिसक्ने लक्ष्य गाउँपालिकाले लिएकामे जानकारी दिए । जुम्लाका आठै स्थानियतह मध्य सबै भन्दा अघि पातारासीमै सबै विषयगत कार्यालयहरु गाउँपालिामा हस्तान्तरण हुने कार्यजारी रहेको उल्लेख गरे ।
गाउँपालिकाले गर्ने विभिन्न गतिविधिको पार्दशिता तथा आम नागरिकलाई सुसुचित गर्नका लागि आगामी आव बाट वर्षमा तीन चोटी गरिने उनको भनाई छ । सार्वजानिक सुनुवाई कार्यक्रममा जिज्ञासा राख्नेहरुले, छोटो समयमा भएपनि गाउँपालिकाले संघियताको महसुश गराएको बताए । तर पनि कतै विकास निमार्णका क्षेत्रमा राजनितिक हावी हुने प्रचलन भएकोले त्यसको अन्त्यका लागि सुझाब दिएको थिए ।
सात वटै वडा अध्यक्षहरु जनता मैत्रीपुर्ण हुनुपर्ने भन्दै आगामी वर्षका विकास निमार्णमा समाबेशी सहभागितालाई जोड दिन पनि माग गरेका छन् । यता, गाउँपालिकाले, प्राप्त सुझाबलाई आत्मसाथ गर्दै आगामी दिनमा गाउँपालिकाको समृद्धीका लागि काम गर्ने प्रतिबद्धता गरेका छन् । सार्वजानिक सुनुवाई कार्यक्रमको सहजीकरण सर्बोदय विकासका लागि अभियानले गरेको थियो । भने, आर्थिक सहयोग पातारासी गाउँपालिकाले गरेको हो ।

प्रकाशित मिति : २०७५ बैशाख २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस