सम्पादकीय ः वामएकता र समृद्धि

नेपाल दुई ठुला पार्टी नेकपा एमाले र माओबादी केन्द्र बीच जेठ ३ गते एतिहासिक पार्टी एकता भएको छ । लामो प्रयास दुखले नेपाली जनताको अपेक्षा र समृद्ध नेपालका लागि बाम एकता आजको आबश्यकता हो । जुन माग र आबश्यकता अनुसार वाम एकता नेपालमा भएको मानिन्छ । जस अनुसार दुई कम्युनिष्ट पार्टी बीच औपचारिक एकिकरण भई नयाँ नेपाल कम्युनिष्ट नामक पार्टी निर्वाचन आयोगमा दर्ता पनि भइसकेको छ । विहिबार भएको पार्टी एकतासंगै नेपाल कम्युनिष्ट पार्टी अर्थात नेपाली बामपन्थी सरकार एसिया तेस्रो र दक्षिण एसियाकै पहिलो ठुलो कम्युनिष्ट पार्टी बनेको छ । नेपालमा दशौँकौँ पछि भएको बाम एकताबाट बनेको नयाँ कम्युनिष्ट पार्टीबाट नेपाली जनताले थुप्रै आशा तथा अपेक्षा राखेका छन् । निकै तामजाम सहित विहिबार भएको वाम एकताले देशमा आर्थिक समृद्धी, रोजगारी, तथा शान्ती शुव्यवस्था हुने आम नेपाली जनताको आशा छ ।

६०÷४० कै आधारमा भएको पाटी एकतामा केन्द्रिय सचिवालय देखि स्थायी कमिटी सदस्यमा सोहि अनुसार भागबन्डा गरिएको छ । २००६ सालमा स्थापना भएको कम्युनिष्ट पाटीले दशौको पछि एकताले पुर्णता पाएको छ । जनताको समाजबाद स्थापनालाई मुल धार बनाएर अघि बढ्ने योजना बनाएको नव गठित पार्टीले लोकतन्त्रको प्रत्याभुती दिलाउने छ । समाबेशीका दृष्टिले पनि निकै सम्मानजन मानिएको वाम एकताले नेपाल जस्तो विकास उन्मुख देशको विकास र समृद्धीका लागि उल्लेखीय भुमिका निबार्ह कम्युनिष्ट पार्टी गर्ने गर्ने आशा छ ।
अबको कम्युनिष्ट पार्टीले केन्द्रदेखि विकट कर्णाली क्षेत्रलाई निकट सम्म जोड्न विशेष भुमिका शुभेच्छा सहित कर्णालीबासी ति दिन पर्खि बसेका छन् । यहाँका जल, जमिन, जडिबुटी, तथा पर्यटकिय सम्भवनाको विकासमा अबको नव गठित कम्युनिष्ट पाटी कर्णाली केन्द्रित हुने जनअपेक्षा छ । विकास समृद्धीका लागि एकता आबश्यक ठानेको कम्युनिष्टहरुले सरप्राईजका रुपमा गरेको एकताले अन्तराष्ट्यि समुदायमा पनि समृद्धीको सन्देश दिएको छ । अब नेपालमा अस्थितरता र अराजकताको अन्त्यका लागि पनि वाम एकतालाई हेरिएको छ । देशमा समृद्धी ल्याउने जिम्मेवारी जसरी नेपाली जनताले कम्युनिष्ट पार्टीलाई दिएका छन् । त्यसले पुर्णता पाउने वा नपाउने भन्ने विषयमा भोलीका दिनमा नव गठित बाम सरकारले गर्ने काममा निर्भर रहने देखिन्छ । तर आम नेपाली नागरिकले देशमा भएको वाम एकता बाट दिगो समृद्धीको आशा गरेका छन् । नेपालको पुर्व मेची देखि पश्चिम महाकाली सम्मको समानुतिक तथा समाबेशी विकासमा बाम सरकारले आफ्ना ठोस योजना जनताका सामु लिएर जाने गाउँ गाउँमा आउने दिनको पर्खाइमा विपन्न बस्तीहरु छन् । पाटी एकता संगै देशमा भएको नयाँ आयामकै शुरुवातीले विकास र समृद्धीका मुहान देखाएको छ ।तर, जो जोगि आएपनि कानै चिरियाको भन्ने नेपाली उखान नव गठित बाम सरकारले दोहोर्याएको खण्डमा यो तामझामको एकताले अर्थ नराख्ने आम नेपाली जनताको विश्लेषण छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस