छिटो छरीतो र प्रभावकारी सेवा प्रवाह गर्नु हरेक सार्वजनिक निकायको दायित्व हो । प्रभावकारी सेवा प्रवाहसँगै सार्वजनिक निकायका काम पारदर्शि र जवाफदेही पनि हुनु पर्दछ । जवसम्म सरकारी तथा गैरसरकारी निकायका जुनसुकै संघसंस्थाबाट प्रवाह हुने सेवा र काममा पारदर्शिता हुदैन, तबसम्म भ्रष्टाचार पनि न्यूनिकरण हुदैन । तसर्थ जुनसुकै सार्वजनिक निकायले सुशासनलाई आत्मसात गर्दै जनताप्रति जवाफदेही भई प्रभावकारी सेवा प्रवाह गर्न आवश्यक छ । सेवा प्रवाहमा राम्रा काम गर्नेलार्ई प्रोत्साहन सहित सम्मान गर्ने र गलत काम गर्नेलाई दण्डित गर्ने कामको पनि थालनी हुनुपर्दछ ।
जिल्लाका हरेक निकायबाट सेवाग्राहीले पाउने सेवामा पारदर्शिता ल्याउन सेवा प्रदायक निकाय मात्र होईन, सेवाग्राहीको पनि उक्तिकै भुमिका रहन्छ । जुम्लाका सार्वजनिक निकायबाट प्रवाह हुने सुचना, टेण्डर, स्वास्थ्य तथा आर्थिक सेवादेखि करार कर्मचारी नियुक्तिमा समेत पारदर्शिता नभएको भन्दै बेला बेला बिवाद हुदै आएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेष गरी कर्मचारी नियूक्ति बढी विवादित बन्दै आईरहेको छ । कर्मचारी नियूक्तिमा राजनीतिकरण हुने र त्यसका आधारमा मागबन्डा हुने खालका सुचनाहरु पटक पटक प्रकाशन आउने गरेका छन् । यस विषयमा प्रतिष्ठानले पटक पटक आरोप खेप्दै आईरहेको छ ।
पछिल्लो समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका नर्सिङ विद्यार्थीहरुले बोन प्रक्रिया संसोधन हुनुपर्ने भन्दै करार स्टाफनर्स नियुक्तिमा बिवाद ल्याएका छन् । प्रतिष्ठानले ६ जनालाई करारमा नियुक्ति गरेपछि बोन सम्झौता र कवुलियतनामाको आधारमा आफुहरुले पनि काम पाउनुपर्ने भन्दै विद्यार्थी आन्दोलित छन् । उनिहरुले कि त, सम्झौता खारेज हुनुपर्ने, होईन भने कवुलियतनामाको आधारमा आफुहरुले काम गर्ने अवसर पाउनुपर्ने माग गरेका छन् । यसअघि पनि प्रतिष्ठानमा कर्मचारी नियुक्तिदेखि सेवा प्रवाहको अवसरमा विभिन्न कमिकमजोरी भएको खबर सार्वजनिक भएका छन् । तर आगामि दिनमा भने यस्ता कमिकमजोरी सच्याउदै अघि बढ्न जरुरी छ । यो सँगै प्रतिष्ठान तथा जिल्लाका स्वास्थ्य संस्था वा स्थानिय तहका सबै निकायबाट हुने सबै प्रकारका सेवालाई प्रभावकारी तथा गुणस्तरीय बनाउन आवश्यक छ । त्यसैले सार्वजनिक निकायको कामलाई पारदर्शि बनाउनुका साथै सेवालाई प्रभावकारी बनाँउ र उक्त कार्यमा सेवा प्रदायक निकाय र सेवाग्राहीले पनि उचित बातावरण सिर्जना गरौँ ।