सूचनाको हक सम्बन्धी अनुुशिक्षण सम्पन्न

सुुशासनको लागि बलियो औजार सूचनाको हक रहेको–अधिबक्ता तिवारी
सोम गुुरुङ्ग, बाँके ८ जेठ÷सुुशासनका लागि सूचनाको अधिकार भन्ने मुलनाराका साथ सुचनाको हक सम्बन्धि अनुुशिक्षण नेपालगन्जमा सम्पन्न भएको छ । सूचना र मानवअधिकार अनुुसन्धान केन्द्रको आयोजना तथा नेपालगन्ज उपमहा नगरपालिकाको सहयोगमा सम्पन्न भएको छ । सो अनुुशिक्षण कार्यक्रमका सहभागीहरुले सूचनाको हक सम्बन्धि छलफल, अनुुशिक्षण स्थानीय तहमा पनि हुुनुु पर्नेमा जोड दिएका थिए । सो सुचनाको हक सम्बन्धि अनुुशिक्षणको सहजीकरण रेडियो बागेश्वरी एफएमका स्टेशन प्रमुुख शुुक्रऋषि चौलागाईले गर्नुु भएको थियो । उनले सूचनाको हक सम्वन्धी ऐन र बाँके जिल्लामा कार्यान्वयनको अवस्थार चुुनौती बारे अनुुशिक्षण गर्नुु भएको थियो । साथै सार्वजनिक निकायका सम्पुर्ण निकायले सूचना अधिकारी तोक्नुु पर्ने र सूचनाको हकलाई कार्यान्वयन गर्नुु पर्नेमा जोड दिए ।


सो सुचनाको हक सम्बन्धि अनुुशिक्षणमा बाँके जिल्लाका विभिन्न सामजिक संघ संस्थाका प्रतिनिधि, सूचना अभियान्ता गरि ३ दर्जन भन्दा बढीको सहभागिता रहेको थियो । सो अनुुशिक्षण कार्यक्रममा सूचना र मानवअधिकार अनुुसन्धान केन्द्रका अध्यक्ष कार्यकारी निर्देशक राकेशकुुमार मिश्रले स्वागत मन्तब्य साथै सूचनाको हकको बारे जानकारी गराए ।
त्यसै गरि आईएचआरसीका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले नेपालको संविधानले दिएको सूचनाको हक सम्वन्धी ऐनबारे बताए । साथै उनले सुुशासनको बलियो औजार सूचनाको हकभएकोले यसलाई सम्पुर्ण तहमा प्रचारप्रसार गर्नुु पर्ने बताए । सो कार्यक्रममा सूचनाको हक, सुुशासन, जावफदेहिता र पारदर्शिताको बारेमा खुुला छलफल भएको थियो ।

सो अनुुशिक्षण कार्यक्रममा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, नेपाल टेलिभिजन प्रादेशिक प्रशारण केन्द्रका प्रमुुख बिजयबर्मा, महिला अधिकारकर्मी शोभना मिश्र, जिल्ला अदालत बार एसोसियसनका अध्यक्ष मोहम्मद अयुुबसिद्धिकी, सचिव पूनम श्रेष्ठ, एफाकाजनक राम भण्डारी, जेष्ठ नागरिक मुन्नीदेबी बनेनी र सूचना अभियान्ता शैलेन्द्र कुुमार बैश् यलगायतले आ–आफनो विचार राखेका थिए ।

प्रकाशित मिति : २०७५ जेष्ठ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस