विकास निर्माणका योजनाबाटै विद्यालय संचालन

जुम्ला ः शिक्षक दरवन्दी नभएका जुम्लाका अधिकाँश सामुदायिक विद्यालयहरु विकास निर्माणका योजनाबाट संचालन हुने गरेका छन् । एक गाउँ एक विद्यालयको अवधाराणा आएपछि हरेक गाउँबस्तीमा विद्यालय संचालनका लागि जिल्ला शिक्षा कार्यालयबाट अनुमति पत्र लिएर विद्यालय खोलियो तर सरकारले दरववन्दी अनुसार शिक्षकको व्यवस्थापन नगरेपछि अहिले ती विद्यालयहरु संचालन स्थानीयको थाप्लोमा आएका छन् ।


पातारासी गाउँपालिका ७ पटमारा गाउँ स्थित महारुद्र आधारभुत विद्यालय विगत लामो समय देखि विकास निर्माण योजनाबाटै संचालनमा रहेको छ । कक्षा ८ सम्म पढाई संचालन भएको विद्यालयमा तिन जना शिक्षकमात्र दरवन्दीका छन् । स्थानीय आफैले राखेका निजिस्रोतको शिक्षक भने ६ जना छन् उनलेहरुको तलव भत्तामा बार्षिक ८ लाख ५० हजार रुपैया खर्च हुने गरेको छ । यो सवै खर्च यस्तै विकास निर्माण योजनामा स्थानीयले श्रमदान गर्ने र त्यो रकम विद्यालयका निजिस्रोतका शिक्षकलाई तलव भत्ताका लागि दिने गरेको प्रधानाध्यापक चुडाराज न्यौपाने बताए ।
यस गाउँमा एक सय ६२ घरधुरी छन् गाउँमा आएका हरेक विकास निर्माणका कामहरु स्थानीयले श्रमदान गर्ने र त्यो रकम निजिस्रोतका शिक्षकका लागि विद्यालयमा दिने गरेको स्थानीय भिमबहादुर बुढाले बताए । उनले भने अहिले गाउँपालिकाबाट विद्यालयमा १३ लाख रकममा दुई कोठे पक्की भवन निर्माण हुदै छ टेण्डर प्रक्रिया अनुसार घटीघटाउमा केही रकम जोगाएर निजि शिक्षकको खर्च जुटाएर गाउँमा सल्लाह भएको छ ।


निजि शिक्षकलाई तलव दिन आलुखेती
विद्यालयमा दरवन्दीका शिक्षक भन्दा निजिस्रोतका शिक्षकहरु दोब्बर बढी भएपछि शिक्षकको तलव भत्ता खर्च जुटाउन सहजताका लागि विद्यालयले आलुखेती गरेको छ । पाँच रोपनीका आलुखेती गरिएको प्रधानाध्यापक न्यौपाने बताए । उनले भने यसबाट कम्तीमा पनि दुई लाख जति आम्दानी लिने योजना विद्यालयले बताएको छ । सडकको पनि पहुज पुगेकोले विक्री वितरणका लागि बजार पुर्याउन पनि सहज छ उनले भने शुक्रबार शनिवार आलुखेतीमा सवै विद्यार्थी शिक्षक मितिले गेडमेल मलजल गर्ने गरेका छौँ ।
कक्षाकोटा अभावले शौचालयमा बस्छन् विद्यार्थी
महारुद्र आधारभुत विद्यालय पटमाराका विद्यार्थीहरु कक्षा कोठा अभावका कारण छात्रा शौचालयमा बसाले पढाउने गरिएको प्रधानाध्यापक चुडाराज न्यौपानेले बताए । उनले भने कक्षा ८ सम्म पढाई हुन्छ विद्यार्थी धेरै छन् कक्षा कोठा अभाव भयो अहिले तत्कालका लागि छात्रा शौचालयमा प्रयोगमा नल्याएर कक्षाकोठाका रुपमा प्रयोग गरेका छौँ । समस्या समाधानको उपाया खोज्ने क्रममा अन्तमा कक्षा ४ का १५ जना विद्यार्थीहरु छात्रा शौचालयमा राखेर पढाउने व्यवस्थापन गरिएको उनले बताए । अब गाउँपालिकाको १३ लाख रकममा दुईकोठे भवन बन्दै त्यो संरचना निर्माण भएपछि सहज हुनेछ । अहिले यो विद्यालयमा एक सय ५० जना विद्यालय अध्ययनरत छन् ।

प्रकाशित मिति : २०७५ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस