
जुम्ला ः पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिन माग राख्दै नेपाल विद्यार्थी संघ जुम्लाले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ । चरणबद्ध रुपमा आन्दोलन गर्दै आएको नेविसंघले विरोध प्रदर्शन गर्दै जुम्ला बजारको कृष्णमन्दिर अगाडी पुत्ला दहन गरेको हो ।
यस अघि मुल्य वृद्धिको विरोद्धमा राँके जुलुस गरेको नेविसंघ जुम्लाले निरन्तर विरोद्ध गरिहेको छ । प्रदर्शनकारीले ‘पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता गर, बढ्दो मंहगी नियन्त्रण गर, भ्रष्टचारी र काला बजारीलाई कारबाही गर, राज्य आतंक धरपकड बन्द गर’ केपी ओली मुद्धाबाद लगायतका नाराबाजी विद्यार्थीले गरेका थिए । नेविसंघ जुम्लाका नेता महेन्द्र कार्कीले ओली सरकारले गरिव जनताको गाँस खोसेको आरोप लगाए ।
प्रकाशित मिति : २०७५ जेष्ठ ३१ गते बिहिवार