दर्गन्धित बन्दै जुम्ला सदरमुकाम, होटल ब्यवसायी मुख्य दोषी

नन्दराम जैशी

जुम्ला । जुम्ला सदरमुकाम खलंगा बजार क्षेत्रमा जनघनत्वसँगै दिन प्रतिदिन फोहोरपनि बढ्दै गएको छ । बजार क्षेत्रमा जथाभावि विभिन्न प्रकारका फोहोर फालीदीने गलत संस्कारले सदरमुकाम दुर्गन्धीत बन्दै गएको हो । सदरमुकामभित्र फोहोर बढ्दै जानुमा होटल ब्यवसायी, तरकारी पसल र फेन्सी पसलहरु मुख्य दोषि देखिन्छन् । सामान किनबेच हुँदा प्लास्टीकको प्रयोग बढ्दै जानु, घर, होटल तथा सौचालयको उचित ढल निकासा नहुनु लगाएतका समस्या बढेका छन् ।

विभिन्न ब्यवसायीहरुले आफ्नो ब्यवसायबाट उत्पादीत फोहोर सार्वजनिक ठाँउ तथा सडकको पेटिमै फाल्ने गरेको पाईन्छ । भने बटुवाले बजार क्षेत्रमा जताततै खुला दिशा पिसा गर्ने, सडकमै फोहोर फालि दिने जस्ता कारणले पनि फोहोर बढेको हो । विशेष गरी राति र बिहानको समयमा बिच बजारमा पर्ने जुवाड खेलामा सिसाजन्य तथा सडेगलेका फोहोर फाल्ने गर्दा खोला अत्यन्तै धिन लाग्दो अवस्थामा पुगेको छ । चन्दननाथ नगरपालिका जुम्लाले फोहोर व्यवस्थापन गरीरहेपनि त्यसलाई व्यवस्थित बनाउन सकेको छैन् ।

बर्षौदेखि डम्पीङसाइडको ब्यवस्थापनमा तल्लीन नगरपालिकाले सदरमुकामको फोहोर न्युनिकरणमा खासै उचित भुमिका खेल्न सकेको छैन । सदरमुकाममा बढ्दै गएको फोहोर विभिन्न दिवस तथा अवसरमा सन्देश प्रवाह भन्दै अलि अलि बजेट सिध्याउने निहुने संघसंस्थाको नेतत्वमा सरसफाई गर्ने गरीएको छ । तर त्यसले नत फोहोर न्उुनिकरण भएको छ, नत फोहोर उत्पादन गर्ने ब्यक्ति तथा ब्यवसायीलाई अपनत्व अनुभव भएको छ । उल्टै बजारमा फाली दिए हुने रैछ, दिवसको अवसरमा प्रहरी, आर्मि, विद्यार्थी र कर्मचारी मिलेर सरसफाई गर्दा रैछन्, भन्ने स्थानियमा सोच बढेको छ । कतिपयले प्लास्टिकजन्य फोहोर बढ्दै गए त्यसबाट हुने समस्याका बिषयमा बुझेर पनि बुझ पचाएर फोहोर गरीरहेका छन्, त कतिपयलाई बुझाउनै सकिएको छैन ।

नगरपालिकाको बातावरण संरक्षण तथा फोहोरमैला ब्यवस्थापन सम्बन्धि सरोकारवालाहरुको भुमिका, असर र चुनौतिका बिषयमा बिहिबार जिल्लामा सम्पन्न अन्तरसम्बाद कार्यक्रममा यि र यस्तै बिषयमा छलफल भएको हो । छलफलपछि सहभागिले नगरपालिकालाई सफा, सुन्दर र स्वस्थ बनाउन पालिकाभित्रको फोहोर न्युनिकरण कार्यमा सबैले आ आफ्नो क्षेत्रबाट पहल र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

चन्दननाथ मावि खलंगाका प्रधानाध्यापक टंक महतले भने, ‘म सानो छँदा यहि विद्यालयमा पढेर हुर्किए, टिफिन हुँदा विद्यालयको छेउमै बग्ने जुगाडखोलामा गएर झोलामा बोकेको रोटी खाँदै, खोलाको सफा स्वच्छ, कञ्चन पानी पिँउथ्यौ । ति दिन जातै लाग्छन्, तर अहिले यो खोला फोहोरले गन्हाउने भएको छ । अहिले मुख छोपेर हिड्ने अवस्था छ ।’ बेलैमा सरसफाई नगरे पछि यसैबाट ठुलो सरुवा रोग फैलन पनि बेर नहुने उनको भनाई छ । हरेक सार्वजनिक संघसंस्थाबाट निस्कने फोहोरहरु आफै ब्यवस्थापन गर्नुपर्ने भन्दै फोहोर ब्यस्थापन नगर्ने जो सुकैलाई कानुनी दायरामा ल्याउन सकने अधिवत्ता पदम बहादुर शाहिले बताए ।

बढ्दै गएको सहरिकरणले फोहोरमैला ब्यवस्थापन गर्न असहज हुने भएकाले दिर्गकालिन योजना बनाएर अघि बढ्नुपर्ने उनले सुझाब दिए । प्लास्टीकको अत्यधिक प्रयोगसँगै छाडा पर्चा पम्प्लेटले सार्वजनिक स्थानमा फोहोर बढेको अर्का अधिवत्ता पदम श्रेष्ठले बताए । उनले भने, ‘जबसम्म मानीसको सोच, काम गर्ने शैलि, ब्यवहार र निर्णय तथा कार्यन्वयन गर्ने शैलि परिवर्तन हुदैन तबसम्म फोहोर बढ्दै जान्छ ।’

नगरपालिकाकी मेयर कान्तीका सेजुवालले नगरपालिका गुरु योजना निर्माणको अन्तिम चरणमा भएकाले अब त्यसकै आधारमा सदरमुकामको फोहोर पुरै ब्यवस्थापन हुने बताईन् । ‘हामि डम्पीङसाइडको तत्काल ब्यवस्थापन गर्ने तयारीमा छौ । बजारमा जथाभावि फोहोर फालेर नागरीकले सास्ति दिएका छन् । उनिहरुलाई पहिलो चरणमा राम्रोसँग सम्झाँउछौ, नमाने कानुनि कारवाही थाल्नेछौ ।’ नगरपालिकाले मात्र सुन्दर र सफा नगर कायम गर्न नसक्ने भन्दै त्यसमा निजि क्षेत्र तथा संघसंस्थाले सहयोग नगरेको उनले गुनासो गरीन् ।

प्रकाशित मिति : २०७५ असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस