
हुम्ला । हुम्लामा हेलिकप्टरद्वारा एक सुत्केरी महिलाको उद्वार गरिएको छ । शुक्रवार राती १० बजे सुत्केरी व्यथा लागेपनि सुुत्केरी हुन नसकेकी चंखेली गाउँपालिका–३ मेखालागाउँकी २४ वर्षीया कल्पना रोकायाको हेलिकप्टरद्वारा उद्धार गरिएको हो ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर रञ्जितकुमार यादवको पहलमा उनको उद्धार भएको सुत्केरीका श्रीमान कलबहादुर रोकायाले जानकारी दिए ।
रोकाया जिल्ला अस्पताल हुम्लामा सामान्य रुपमा सुत्केरी भइसकेको जिल्ला अस्पताल हुम्लाका प्रमुख डाक्टर रञ्जितकुमार यादवले जानकारी दिए । गाउँमा सुत्केरी गराउने प्रयास गर्दापनि सुत्केरी हुन नसेकेको कल्पनाका श्रीमान कलबहादुर रोकायाले बताए ।
प्रकाशित मिति : २०७५ असार ३ गते आइतवार