नेकपाको विधान पारित, नियमावली टुंगो लगाएपछि पार्टी सञ्चालनमा सहज हुने

काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । बुधबार बिहान बालुवाटारमा बसेको बैठकले विधान र कार्य्विधी टुंगो लगाएको छ। बैठकले नियमावली टुंगो लगाएपछि पार्टी सञ्चालनमा सहज हुने छ। विधान र नियमावली अनुसार पार्टीका जनवर्गीय संगठन एकीकरण कार्ययोजना बनाएर एकीकरण प्रक्रिया सुरु गर्ने नेकपाले तयारी गरेको छ ।

पार्टीको विधान तथा नियमावली बनाउन महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु बेदुराम भुसाल र देव गुरुङ तथा केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य रहेको कार्यदल गठन भएको थियो । कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाएको थियो ।

प्रकाशित मिति : २०७५ असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस