गंगामायाले जुस पिएर अनशन तोडिन्

काठमाडौं । गोरखा फुजेलकी गंगामाया अधिकारीले शुक्रबार आमरण अनशन तोडेकी छन् । वीर अस्पतालको पहिलो तलाको क्याविन नम्बर ७ बाट छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई आजिवन जेल सजायको माग राख्दै अनसन बसेकी गंगामायालाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनशन तोडाएका हुन् ।

कानुनमन्त्री शेरबहादुर तामाङले गंगामायाका माग पूरा गर्ने दुई बुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेपछि उनले अनशन तोडेकी छन् । छोराको हत्यामा संलग्न छविलाल पौडेल पनि केही दिन अघि मात्रै पक्राउ परेका छन् ।

पछिल्लो पटक उनी यही मंगलबारबाट आमरण अनशन बसेकी थिइन् । अनशनकै क्रममा उनका पतिको नन्दप्रसादको मृत्यु भएको थियो ।कृष्णप्रसाद अधिकारीको २०६१ साल जेठ २४ गते अपहरणपछि हत्या भएको थियो । घटनाको जिम्मा तत्कालीन माओवादीले नै लिएको थियो ।

प्रकाशित मिति : २०७५ असार २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस