
काठमाडौं । गोरखाबाट काठमाडौं उडेको अल्टिच्युड एअरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा धादिङको जंगलमा भेटिएको छ। त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार ढल्ब्ीक् कल साइन भएको उक्त हेलिकोप्टर धादिङको सत्यदेवी जंगलमा दुर्घटना भएको अवस्थामा भेटिएको छ।
’सत्यदेवी जंगलमा दुर्घटनाग्रस्त अवस्थामा हेलिकोप्टर भेटिएको छ। तर यात्रुको अवस्था के कसो छ जानकारी छैन’, उनले भने, ’उद्दारका लागि गएका हेलिकोप्टरबाट तल देखियो तर ल्यान्ड गर्न सकिएको छैन।’
दुर्घटनाको आवाज आएको स्थानीयवासीको सूचनाका आधारमा आफू दुर्घटनास्थलतर्फ लागेको म्यागङ गाउँपालिका उपाध्यक्ष शान्ति गुरुङले बताए ।
’धुवाँ देखेनौँ’
खनियावास गाउँपालिका ५ सिमलडाँडास्थित सिमलडाँडा आधाभुत विद्यालयकी शिक्षिका फुलमाया तामाङले ठूलो आवाज सुनेको बताइन्। सिमलडाँडा भन्दा पारीपट्टीको डाँडा, जुन नुवाकोटको मेघाङ गाउँपालिका वडा नं ४ मा पर्छ, त्यहाँ ठूलो आवाज आएको उनले बताएको धादिङबाट अन्नपूर्ण सम्वाददाता मनिष दुवाडीले बताए।
’हेलिकोप्टर खसेको अनुमान लगाएका छौँ, तर कुहिरो लागेकोले धुवाँ देखेको छैनौँ’, उनले भनिन्।
नुवाकोट सम्वाददाता देवचन्द्र भट्टका अनुसार नुवाकोटका प्रहरी प्रवक्ता डीएसपी भीमलाल भट्टराईको नेतृत्वमा प्रहरीले हेलिकोप्टरको खोजी जारी राखेको छ। किस्पाङ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष कमलबहादुर तामाङले स्थानीयवासीको सूचनाका आधारमा शंकास्पद स्थानमा खोजी गरिरहेको बताए।
सम्पर्क्विहीन
गोरखाबाट काठमाडौं उडेको अल्टिच्युड एअरको हेलिकोप्टर बिहानैदेखि सम्पर्क्विहीन भएको थियो। ढल्ब्ीक् कल साइन भएको उक्त हेलिकोप्टर शनिबार बिहान ८ बजेर ५ मिनेट जाँदा सम्पर्क्विहीन भएको थियो। हेलिकोप्टर क्याप्टेन निश्चल केसीले उडाइरहेका थिए।
हेलिकोप्टरमा एक जना क्याप्टेनसहित ७ जना यात्रु छन्।
प्रहरीका अनुसार उक्त होलिकोप्टर ७ बजेर ३५ मिनेटमा गोरखाको चुमनुब्री गाउँपालिका १ सामागाउँमा चारजना चिनियाँ र एकजना नेपालीसहित ल्यान्ड भएको थियो। त्यहाँबाट एकजना जापानी नागरिकसहित पाइलटसहित ७ जना लिएर बिहान ७ बजेर ४० मिनेटमा उडेको थियो।
को को थिए हेलिकोप्टरमा ?
हिरोमी कामात्सु (पासपोर्ट नम्बरः त्प्ठज्ञघटज्ञद्दण्टड थ्भ्ब्च्)
दिल्लीबहादुर गुरुङ (४० वर्ष, रामेछाप)
हिरा शेर्पा (वर्ष ३५, दोलखा
ल्हो आनि डोल्पा डिकि (गोरखा, चुमनुब्री २)
छोवाङ नुर्बु (गोखरा, चुमनुब्री १)
सुनिल तामाङ (वर्ष २२)
निश्चल केसी (पाइलट)
यात्रुले भने( ’उद्दार गर्न आउनू’
सम्पर्क्विहीन भएको हेलिकोप्टरका एक यात्रुले हल्टिच्युड एअरका सञ्चालक सीताराम सापकोटालाई सम्पर्क गरेर आफू सकुशल रहेको जानकारी दिएका छन्। अन्नपूर्णसँग कुरा गर्दै सापकोटाले एङ्क यात्रु आफंनो सम्पर्कमा आएको बताए।
’म जंगलको बीचमा अलपत्र छु, मलाई ठाउँ थाहा छैन, उद्दार गर्न आउनू’, ती यात्रुले आफूलाई भनेको एअरका सञ्चालक सापकोटाले जानकारी दिए। उनले फोन गर्ने यात्रु को हुन् भन्ने आफूलाई थाहा नभएको बताए। पछि फोन गर्ने यात्रु पनि सम्पर्क्विहीन छन्।
दुईवटा हेलिकोप्टरले अहिले सम्पर्क्विहीन भएको हेलिकोप्टरको खोजी गरिरहेका छन्।