
जुम्ला ः देशको अर्ततन्त्रको तिन खम्बे नीति मध्यको प्रमुख मेरुदण्डको रुपमा रहेको निज क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य संघ जुम्लाको भदौँ ३१ गते २३ औँ चुनावी निर्वाचन हुने भएको छ । भोली हुने चुनावी निर्वाचनमा कांग्रेस पक्षधरमा एकता देखिएको छ भने कम्युनिष्ट पक्षधरहरुमा एकता भन्दा पनि अनेकता देखिएको छ । देशका दुई शक्तिशाली पार्टीको एकता भईरहेको अवस्थामा जुम्ला उद्योग बाणिज्य संघको निर्वाचनमा भने कम्युनिष्ट पक्षधरहरु दुई प्यानलबाट चुनाव लड्ने भएका छन् । कम्युनिष्ट पक्षधरहरु वर्तमान अध्यक्ष रामदत्त रावलको प्यानल र वर्तमान महासचिव भैरवबहादुर कठायतको प्लानल चुनावी मैदानमा होमिएको छ ।
त्यसैगरी कांगेस पक्षधरहरुले रजव अलिमनियार अध्यक्षको प्यानल पनि उद्योग बाणिज्य संघको चुनावी मैदानमा रहेको छ । वर्तमान अध्यक्ष रामदत्त रावलको प्यानलमा अध्यक्षमा रामदत्त रावल, उपाध्यक्ष(प्रथम) भैरव वहादुर धराला, उपाध्यक्ष (उद्योग) प्रेमबहादुर महत, महासचिवमा पदमबहादुर महत, कोषाध्यक्षमा भवानीप्रसाद न्यौपाने, दलित सदस्यमा धनकृष्ण कामी, महिला सदस्यमा सिर्जना शाही, जनजाती सदस्यमा पेमा आङ्गडाक तामाङ, खुला सदस्यमा विष्णु सुनार, रतनबहादुर कार्की, दत्तबहादुर शाही र दलवहादुर खड्का रहेका छन् ।
त्यसैगरी कम्युनिष्टको अर्काे प्यालनमा अध्यक्षमा भैरवहादुर कठायत, बरिष्ठ उपाध्यक्षमा लक्ष्मीचन्द्र खत्री, उपाध्यक्षमा विश्व सार्की, महासचिवमा नन्दराज धिताल, कोषाध्यक्षमा पुर्ण आचार्य, सदस्यमा खुम्विलाल कुवंर, बालकृष्ण बुढाक्षेत्री, देविबहादुर बुढ्थापा, कालीवहादुर रावत, महिला सदस्यमा शिवलक्ष्मी महत, जनजाती सदस्यमा डेनी श्रेष्ठ, दलित सदस्यमा डंगे सार्की रहेका छन् । त्यसैगरी दुवै प्यालनबाट ३ सदस्य लेखा समिति पनि घोषणा गरिएको छ ।
त्यसैगरी काँग्रेस पक्षधरबाट अध्यक्षमा रजव अलिमनियार, उपाध्यक्षमा दिलवहादुर रोकाय र दैउऋषि चौलागाईको उम्मेदवारी रहेको छ भने महासचिवमा अनिल रोकाय, कोषाध्यक्षमा डम्मरकुमारी खड्का, सदस्यमा पुरिचन्द्र देवकोटा, गणेश रोकाय लगायत रहेका छन् ।
२३ औँ उद्योग बाणिज्य संघ जुम्लाको चुनावी निर्वाचनमा ४ सय ६० जना उद्योगी व्यापारीले भाग लिने भएका छन् ।