
छुइगोठ मुक्त बस्ती घोषणा गर्ने लहरसँगै गाउँ कार्यपालिका भित्र जातीय छाउपडी तथा छुवाछुत प्रथामा कडाई गरिएको हो । गाउँपालिकाका रावतवाडा, जोगीवाडा र ढिमकोट गाउँ छुइगोठ मुक्त घोषणा भइसकेका छन् ।
कार्यन्वयन गर्ने निकाय नै छाउपडी तथा जातीय छुवाछुत प्रथामा डुबेकाले तिला गाउँपालिकाले अभियानलाई आन्तरिक रुपमा नै बलियो बनाउँदै लैजान थालेको उपाध्यक्ष बुढाले बताइन् । समाजमा यस्ता प्रथाले हिंसा निम्त्याउने भएकाले निरुत्साहित गर्न थालिएको हो ।
‘छाउपडी भएकाले अलग्गै गाईबस्तुसँग बस्नु पर्ने बाध्यताबाट मुक्त गराउन पछिल्लो समयमा विभिन्न सचेतनाका क्रियाकलाप भइरहेकाे छ,’ उपाध्यक्ष बुढाले भनिन, ‘गाउँपालिका भित्रैबाट नै यो अभियानलाई सशक्त बनाउँदै लगे प्रभावकारी हुने भएकाले यस्ताे निर्णय भएको हो ।’ गाउँपालिकाभित्र महिलालाई चेतनामूलक क्रियाकलापमार्फत सचेत गराउने र छाउपडी प्रथाविरुद्ध क्रियाकलाप तिव्र पारिने भएको छ ।