जुम्ला ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा यसै वर्षको मंसिर देखि ब्याचरल इन पब्लिक हेल्थ ( बिपिएच) अध्यापन सुरु हुने भएको छ । स्वास्थ्य व्यावसायिक परिषद्को गत असोज ६ गते बसेको बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिपिएच कार्यक्रम सञ्चालन गर्नका स्वीकृती दिएको हो ।
परिषद्ले यस कार्यक्रमका लागि २० सिट निर्धारण गरेको प्रतिष्ठानका रजिष्टर विश्वराज काफ्लेले बताए । उनले भने त्यसका लागि हामी अहिले पाठ्यक्रम, ल्याप बनाउने काम भईरहेको छ ।
प्रतिष्ठानका रजिष्ट्रार काफ्लेले परिषद्को टोलीले अनुगमन गरिसके पछि अध्यापनका लागि स्वीकृति दिएको बताए । उनले भने, ‘हाम्रो लागि अर्को खुसी कुरा थपिएको छ, अब केही दिनमै बिपिएच भर्नाका लागि प्रवेश परीक्षाको सूचना प्रकाशित गर्ने तयारीमा छौँ, ब्याचरल तहको मिडवाइफरी कार्यक्रकमा लागि असोज २० गते प्रवेश परीक्षा हुदैँछ ।’ यसका लागि आन्तरिक तयारीमा जुटेका छौँ उनले भने ।
प्रतिष्ठानले एमडी एन जनरल प्राक्ट्रिस (एमडिजिपी) अध्यापनका लागि सम्पूर्ण तयारी पुरा गरेको छ, रजिष्ट्रार काफ्लेका अनुसार केही दिनमै नेपाल मेडिकल काउन्सिललाई निरीक्षणका लागि पत्र पठाउने तयारीमा छौँ ।
‘यो वर्ष हामीले तीन विधाको कार्यक्रम कार्यक्रम सुरु गरिसक्छौँ, त्यसपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एउटै लक्ष्य भनेको अर्को वर्ष कर्णालीमा एमविविएस कार्यक्रम सुरु गर्नु हो, त्यसका लागि प्रतिष्ठानका पदाधिकारी तिब्र तयारीमा जुटीरहेको रजिष्ट्रार काफ्लेले बताए ।
जुम्लामा अब बिपिएच अध्यापन हुने
प्रकाशित मिति : २०७५ असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस