जुम्लामा मदिरा सेवनमा कडाई

चाडपर्वको समयमा मदिराको प्रयोग बढी हुने गरेकोले प्रहरीले दसैंमा मदिरा बिक्री तथा सेवनमा नियन्त्रण गरेको छ ।

 

मदिरा सेवनबाट हुने गरेको विभिन्न किसिमका घरेलु हिंसालाई मध्यनजर गर्दै घरेलु मदिरा ओसार पोसारमा प्रहरीले कडार्इ गरेको हो । चाडपर्वको समयमा हुन सक्ने सम्भावित हिंसात्मक घटनाहरुलाई न्युनिकरण गर्नका लागि मदिरा ओसारपोसार तथा विक्री वितरणमा कडाई गरिएको जिल्लाका प्रहरी नायव निरीक्षक सिताराम रिजालले बताए ।

चाडपर्वको समयमा विषेश गरी सदरमुकाममा उत्पादन भएको घरेलु मदिरा लुकिछिपि निकासी हुने भएकोले केही महिनादेखि प्रहरीले यस विरुद्ध अभियान नै सञ्चालन गरी नियन्त्रणमा ल्याएको छ । प्रहरी नायव निरिक्षक रिजालका अनुसार जाड रक्सी खाएर होहल्ला गर्ने तथा बिक्रि गर्ने दुबैलाई कारबाही गरिने छ । रमाईलो गर्ने बहानामा पनि मदिराको प्रयोग बढि हुने गरेकोले यस विषयमा आफ्नो वडा स्तरमा विशेष सम्यमता अपनाउन उनले आग्रह गरेका छन् ।

दसैं अगाडिनै मदिरा नियन्त्रणमा प्रहरीले सक्रियता देखाएकोले यस पटक कुनै अप्रिय घटना हुन नसक्ने प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए । चाडपर्व लक्षित सुरक्षा व्यवस्था निकै कडा बनाएकोले विगतमा जस्तो नागरिकले कुनै डर क्रास मान्न पर्ने अवस्था नरहेको उनले बताए ।

साथै मदिरा नियन्त्रण अभियानको क्रममा क्रममा जुम्लामा प्रहरीले पाँच सय लिटर भन्दा बढि अबैध घरेलु मदिरा नष्ट गरेको छ ।

प्रकाशित मिति : २०७५ असोज २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस