
खिरौलाबाट असोज महिनामा २० हजार रुपैँया कमाई भएको तातोपानी गाउँपालिका, ४ गौतमबाडाकी विपना जैशीले बताईन् । गौतमबाडाका झण्डै २५ घरका महिलाले खिरौलाबाटै प्रति महिला न्युनतम १५ देखि २० हजार अायअार्जन गर्ने गर्छन् ।
उनीहरुले कर्णाली क्षेत्रमा पाइने यार्सागुम्बा, जटामसी, खिरौलो, सेतोचिनी, पाखनबेद, सुगन्धवाल, गुच्ची च्याउ, रातो च्याउ, वन लसुन लगायतका जडीबुटी सङ्कलन गर्छन् ।
एक महिनामा एकै वडाबाट २० लाख राजश्व संकलन
तातोपानी गाउँपालिकाको चार नम्बर वडाले एक महिनामा २० लाख रुपैयाँ राजश्व संकलन गरेको छ। जंगलमा पाइने सेतो चिनी ( खिरौलो) नामको जडिबुटीबाट मात्रै २० लाख रुपैयाँ राजश्व संकलन भएको वडाध्यक्ष धिरज जैसीले बताए ।
सेतो चिनीको प्रति केजीमा १० रुपैयाँ राजश्व लिने गरिएको छ । नसुकाएको यो जडिबुटीको मूल्य प्रतिकेजी ४० देखि ५० रुपैयाँ पर्छ । सुकाएको बेच्दा साढे पाँच सय देखि ६ सयसम्ममा बिक्री भइरहेको छ । वडाध्यक्ष जैसीले जडिबुडीको संकलन र विक्रीवितरणलाई प्रभावकारी बनाउँदै लगिने बताए।