तिहारमा जुम्ला कृतिम फुलमालाको भरमा

जुम्ला ः तिहार नजिकिदै गर्दा जुम्लाका बजार प्लास्टिकका फुलमालाले भरिएका छन् । जुम्लामा फुल उत्पादन नहुँदा स्थानीयले कृतिम फुलको भरपर्नु परेको हो ।

‘नझर्ने, नओइलाउने, नसुक्ने भएकाले कृतिम फुलमाला बेच्छौ । यहाँ फुल उत्पादन हुँदैन । बाहिरबाट ल्याउँदा महङ्गो पर्छ’, सदरमुकाम खलंगाकी व्यापारी जानकी खत्रीले भनिन्, अर्को वर्ष पनि बिक्रि गर्न सकिने भएकाले यसको माग बढेको हो ।’ आर्थिक रुपमा पनि सस्तो पर्ने भएकाले कृतिम फुलमालामा स्थानीयको आकर्षण बढेको उनले बताइन् ।

एउटा मालाको मूल्य १० देखि एक सय ९० सम्म रहेको उनले बताइन् । प्राकृतिक फुल प्रति मानिसको लगाव भएपनि बिक्री तथा दुवानीमा समस्या हुने स्थानीय व्यापारी बताउँछन् । लागि सहज नहुँदा समयस्या भएको व्यापारे बताउन्छन् । प्राकृतिक फुल छिटै बिग्रने र व्यापारमा घाटा लाग्ने भएकाले कृतिम फुलमाला बेच्नुपरेको व्यापारीहरु बताउँछन् ।

प्रकाशित मिति : २०७५ कार्तिक २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस