
जुम्ला : पातारासी गाउँपालिकाका एक स्थानीयले विद्यालयलाई ५० हजार बराबरको विद्यालयलाई फर्निचर सहयोग गरेका छन् ।
पातारासी गाउँपालिका – ५ ल्होर्पका रामण बुढाले गंगा मावि माथाचौर विद्यालयका विद्यार्थीहरुलाई बस्नका लागि सहयोग होस भनेर ५० हजार बराबरको फर्निचर सहयोग गरेका हुन् ।
विद्यालयमा फर्निचर अभाव भएर बालकालिकाहरु चिसो धुलाम्य भुईमा बसेको देखेपछि आफ्नो केही छाक कटाएर भएपनि विद्यालयमा सहयोग गर्नुपर्छ भन्ने उद्देश्यका साथ डेक्स र बेञ्च सहयोग गरेको सहयोगी रामण बुढाले बताए । उनले भने सधै राज्यको मुख ताक्नु भन्दा आफुले गर्ने सक्ने सहयोग गर्नु पर्दछ भन्ने मान्यताका साथ विद्यालयलाई सहयोग गरेका हौँ ।
विद्यालयमा फर्निचरको अभावले बालकालिकालाई बस्नका लागि असहज भएको थियो, केही भएपनि सहयोग भएको छ यसलले बालकालिकालाई बस्न सहज भएको विद्यालय प्रशासनले जनाएको छ ।