दुर्घटनाग्रस्त तारा एयरको जहाज मर्मतपछि उडान

जुम्ला : दुर्घटनाबाट क्षतिग्रस्त तारा एयरको जहाज मर्मतपछि सञ्चालनमा आएको छ । विमानले झण्डै पाँच महिनापछि उडान भरेको हो । गत २६ जेठमा जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पञ्चर भएर दुर्घटना भएको थियो ।

 

तारा एयरको जहाज आवश्यक मर्मतपछि बिहीबार काठमाडौंका लागि उडान भरेको छ । तारा एयरलाइन्सको ९ एन एइभी कलसाइन भएको जहाज दुर्घटना भएपछि जुम्ला विमानस्थलमा पार्किङ गरेर राखिएको थियो । नागरिक उड्ययन प्राधिकरण जुम्ला प्रमुख कैलाश शर्माले विमानस्थलको रनवेमा परीक्षण गरेपछि काठमाडौंका लागि जहाजले उडान गरेको बताए ।

जहाजलाई क्याप्टेन प्रभाकर घिमिरे र अर्का क्याप्टेन आइआर जोशीले उडान गरेको उनले बताए । जहाज मर्मतका लागि एक महिनादेखि क्यानडा, स्विट्जरल्याण्डका प्राविधिक जुम्लामै आएर मर्मत गरेको थिए । प्रमुख शर्माले भने जहाज उडाउनु भन्दा जहाजको अवस्थाका बारेमा परीक्षण भएको थियो, इन्जिनियर र क्याप्टेनको टोलीले जहाज उडान भन्न योग्य देखेपछि विहानै काठमाडौंका लागि उडान गरिएको हो ।

प्रकाशित मिति : २०७५ कार्तिक २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस