जुम्ला ः सदरमुकाम खलंगा देखि पुर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको बढीखोली अन्तरगत ल्होर्पगाउँ जाने कच्ची सडकको पहिरो नपन्छाउदा स्थानीय समस्यामा परेका छन् । साउन भदौँ महिनामा बर्षादले ल्याएको पहिरो नपन्छाएपछि स्थानीयलाई आवतजावत गर्न समस्या परेको हो ।
पातारासी गाउँपालिका – ५ ल्होर्प गाउँ जाने कच्ची सडकमा बर्षादको पहिरो लथालिंग बनाएको छ । सवारी साधन आवतजावतका लागि गाउँपालिकाको २० लाख बजेटमा अस्थायी काठे पुल निर्माण गरिएको छ र स्थानीयलाई आवतजावतका लागि झोलुंग पुल पनि छ तर अहिले सबै प्रयोग विहिन छन् स्थानीय कृष्ण बोहोराले बताए । उनले भने गाउँपालिकालाई पहिरो पन्छाई दिन आग्रह गर्दा पनि सुनुवाई भएको छैन ।
झण्डै चार सय घरधुरी भएको ल्होर्पगाउँको आवतजावत गर्ने मुख्य सडक त्यही नै हो, पहिरोले सडक सवै लथालिंग भएपछि निकै समस्या भएको स्थानीय मुनविर बोहोराले बताए । उनले भने बृद्ध र बालकालिकालाई आवतआवत गर्न समस्या भएको छ । नजिकै ज्योवा नदी बगिरहेको छ कति बेला बालबालिका नदीमा खसेर बेपत्ता हुने हुन् भनेर चिन्ताले पिरोल्ने गरेको स्थानीय जयबहादुर बुढाले बताए ।
पातारासी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष डिलबहादुर बुढाका अनुसार गाउँपालिकाले उक्त सडक मर्मतका लागि ३२ लाख रकम प्राविधिक स्टेमेट अनुसार विनियोजन गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सरुवा भएका र नयाँ अधिकृत नआएकाले काम रोकिएको छ उनले भने नयाँ अधिकृत आएपछि तत्काल काम सुरु गर्ने गाउँपालिकाको योजना रहेको छ ।
सडकको पहिरो नपन्छाउदा स्थानीयलाई समस्या
प्रकाशित मिति : २०७५ कार्तिक २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस