इन्टरनेट सहित गाउँमा टेलिफोन सेवा

जुम्ला ः जुल्लाका जनप्रतिनिधिहरुले स्थानीय तहको चुनाबमा नागरिकहरुसँग गरेका बाँचा र घोषणा पत्रमा उल्लेख गरेको एजेण्डाहरु पुरा गर्ने जर्मकोमा जुटेका छन् । चुनावमा नागरिकहरुसँग भोट माग्दा बिजुली पानी, सिचाई, सडक टेलिफोन सेवा गाउँमा पुर्याउने बाँचा गरेका थिए । तिला गाउँपालिका प्रमुख रतननाथ योगीले चुनावी बाँचा पुरा गर्नेमा जुटेको बताए । उनले भने मैले नागरिकसँग गरेको प्रतिबद्धता अनुसार गाउँमै टुजी इन्टरनेट सहितको टेलिफोन सेवा विस्तार भएको छ ।

तिला गाउँपालिका आठै वडाको नागरिकलाई सेवा पुग्ने गरी यसै साता देखि टेलिफोन सेवा संचालनमा आएको छ । गाउँबस्तीमा सडक पुर्याउदै छौँ खानेपानी, सिचाई, विद्युत लगायतका काम भईरहेका छन् उनले भने शिक्षा स्वास्थ्य क्षेत्रमा तिब्रगतिमा अघि बढाएर छुई गोठ मुक्त गाउँपालिका घोषणा गर्ने अभियानमा जुटेका छौँ । तिला गाउँपालिका अध्यक्ष योगीका अनुसार नेपाल टेलिकमको सहयोग तथा तिला गाउँपालिकाको पहलमा इन्टरनेट सहितको टेलिफोन सेवा सुरु भएको हो । उनले भने टेलिफोन नहुदा यहाँको नागरिकले एक अर्काेलाई खबर गर्दा सुचना प्रवाह गर्नका लागि एक ठाउँबाट अर्काे ठाउँमा मान्छे नै दुर्गुनु पर्ने बाध्यता थियो तर अहिले टेलिफोन सेवा विस्तार पछि सहज भएको छ । नेपाल टेलिकमको सहयोग तथा गाउँपालिकाको पहलमा ६ लाख ३० हजारमा सबै काम सम्पन्न भएर टुजी सहित टेलिफोन सेवा सुरु भएको उनले बताए ।

त्यसैगरी गत साता देखि सिजा गाउँपालिमा टुजी इन्टरनेट सहित टेलिफोन सेवा सुरु भएपछि सिजाबासीले कान्लामा उल्केर फोन गर्ने समस्या टरेको छ । सिजा भेगमा टेलिफोनको टावर नजिक नभएर फोन गर्नका लागि स्थानीय उकालो पहाडमा चडेर फोन सेवा लिने गरेका थिए । इन्टरनेटको दुनियाँसँग जोडिने गरी सिँजा गाउँपालिकामा नेपाल टेलिकम (एनटिसि)को टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याएपछि समस्या टरेको हो । भौगोलिक विकटताका कारण पहिले टेलिकमको सेवा सुचारु हुन नसकेको भएपनि अहिले भने सिजा गाउँपालिकाको पहलमा पाँच करोड रुपैयाँ लगानीमा एनटिसिको टावर सञ्चालनमा ल्याएर टेलिफोन सेवा विस्तार गरेको छ । सिजा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले समग्र नागरिक, उपभोक्ता तथा सर्वसाधारणको सहजता र हितका लागि सञ्चार सुविधा प्रदान गर्नका लागि टेलिफोन सेवा सुचारु भएको बताए । लामो समयदेखि सूचना र सञ्चार प्राप्तिका लागि तीव्र प्रतिक्षामा रहेका सिजावासीको प्रतिक्षाको पुरा भएको छ,’ उनले भने । एनटिसिको टावर आएपछि सिजावासीहरूलाई सञ्चारको पहुँजमा सहज भएको छ । त्यसैगरी तातोपानी गाउँपालिकामा पनि नेपाल टेलिकमको सहयोगमा टेलिफोन सेवा विस्तार भएको प्रमुख प्रशासकिय अधिकृत खडानन्द चौलागाईले बताए ।

प्रकाशित मिति : २०७५ मङ्सिर २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस