काठमाडौं, इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसियसन ९नेइए०को निर्वाचन नजिकिँदै जाँदा लोकतान्त्रिक र प्रगतिशिल समुहले सक्रियता बढाएका छन् । मतादाताकाबिचमा आफुलाई मत किन भन्नेमा उनीहरुले आफुले गरेका कामका आधारहरु प्रस्तुत गरेका छन् ।
जसमा अहिलेसम्म बनेका ३१ मध्ये २९ वटा कार्यसमितिको नेतृत्व गरिसकेको लोकतान्त्रिक समुहका एजेण्डाहरु मतदाताकाबिचमा लोकप्रिय हुँदै गएकोे छ ।
संस्थाको स्थापनादेखि इन्जिनियरको पेशागत हक, हित र क्षमता अभिवृद्धिमा आफुहरुले स्थापनाकालदेखिनै योगदान गरेकाले यसपटक पनि लोकतान्त्रिक प्यानललाई नै इन्जिनियरहरुले मत दिनेमा लोकतान्त्रिक प्यानल विश्वस्त देखिन्छ ।
नेइएको अहिलेको कार्यकारिणी समितिको अध्यक्ष लोकतान्त्रिक प्यानलबाटै निर्वाचित भएका हरेराम श्रेष्ठ छन् । उनले मंसिर २८ गते हुने ३२औं केन्द्रिय कार्यकारिणी र प्रदेश कार्यकारिणी समितिको निर्वाचनको तयारी पुरा भइसकेको बताए ।
किन मत रु
लोकतान्त्रिक प्यानलले आफुले नेइएमा नेतृत्व गर्दा भएका मुख्य १६ बुँदे उपलब्धी उल्लेख गर्दै घोषणा पत्र जारी गरेको छ । जसमा उसले आफ्नो समुहलाई किन मत दिने भन्ने आधारहरु प्रस्तुत गरेको छ । “इन्जिनियर्स स्टाफ कलेज स्थापनाको लागि भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरि नीतिगत निर्णयका लागि कार्यदल गठन गराउन सक्षम भएको छ ” घोषणापत्रमा उपलब्धीका रुपमा लोकतान्त्रिक प्यानलले भनेको छ, “ त्यस्तै नयाँ तथा युवा इन्जिनियरहरुलाई उद्यमशिल र आत्मनिर्भर बनाउन ‘विजनेश इन्कुबेसन सेन्टर’ मार्फत काम भइरहेको छ ।”
लोकतान्त्रिक प्यानलबाट आफु निर्वाचित भएको बताउँदै नेइएका वर्तमान अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा लोकतान्त्रिक समुहको साख बढ्ने गरि काम भएको दाबी गरे । विपक्षीहरुले नेइएमा काउन्सिलमा भन्दा कम सदस्य भएको भनेर हल्ला फिँजाइरहेपनि त्यसमा कुनै तुक नभएको उनले बताए । “हाम्रै नेतृत्वमा एसोसियसनको विधान संघीय ढाँचामा लगिएको छ । पहिला केन्द्रमा १५ जनाका लागि मात्र निर्वाचन हुन्थ्यो । यसपटक अहिले केन्द्रमा २५ र प्रदेशमा १५ गरि ७ प्रदेशबाट १ सय ३० जना प्रत्यक्ष निर्वाचित हुँदैछन् । यसले नेइएमा इन्जिनियरहरुको आकर्षण बढाउनेछ” अध्यक्ष श्रेष्ठले भने,“ इन्जिनियरहरुको हकहित र क्षमता अभिवृद्धिका लागि १ करोड १० लाखको ५ वटा कोष स्थापना हाम्रै कार्यकालमा भएको छ ।”
नेइएका ३१औं कार्यकारिणी समितिका सदस्य सरोज धितालले लोकतान्त्रिक प्यानलको संघर्षका कारण धेरै उपलब्धी भएको बताए । “ नेपाल इन्जिनियर्स एसोसियसनको सदस्यता अनलाइन प्रणालीबाटै लिने गरि सहज व्यवस्था हाम्रै नेतृत्वमा भएको छ,” उनले भने, “स्थानीय तहमा आइटी अफिसरको माग हुँदा त्रिभुवन विश्वविद्यालयबाट मात्र उत्तिर्ण इन्जिनियरहरुलाई अवसर दिने निर्णयका विरुद्ध नेइए उभिएपछि पोखरा,पूर्वाञ्चल,काठमाडौं विश्वविद्यालय लगायतका राष्ट्रिय,अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट उत्तीर्ण इन्जिनियरहरुले अवसर प्राप्त गरेका थिए । ”
त्यसैगरि आइटी अफिसरका लागि इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन्स विषयका इन्जिनियरहरुलाई अवसरबाट बञ्चित गरेपछि पुनः नेइएकै अग्रसरतामा विरोध भएपछि सो विषयका इन्जिनियरहरुलाई अवसर दिइएको पनि उनले बताए । हाल सोही आन्दोलनको उपलब्धिका कारण ३ सय भन्दा बढी इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन इन्जिनियरहरुले रोजगारी पाएका छन् ।
त्यस्तै ०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पपछिको पुननिर्माणमा खटिएका १३ सय भन्दा बढी इन्जिनियरहरुको सेवा सुविधा वृद्धि र उनीहरुको आन्दोलनमा नेइएले ऐक्यवद्धता जनाएपछि सरकार दबाबमा परेकोे थियो । ‘नेपाल भ्यालुएर्स एसोसियसन’को आन्दोलनमा समेत ऐक्यवद्धता जनाउँदै विना कारण पक्राउ गरि थुनामा राखिएका इन्जिनियरलाई रिहा गराउन पनि नेइएले भूमिका खेलेको थियो ।
नेइएले लोकसेवा आयोगसँग समेत सहजीकरण गरि भर्खरै अध्ययन सकाएका इन्जिनियरहरुलाई परिक्षामा संलग्न हुने वातावरण बनाउन समन्वय गरेको थियो । “हामीले इन्जिनियरका हकअधिकार र अवसर दिलाउने कुरामा पनि भूमिका निर्वाह गरेका छौं,” नेइएका महासचिव इन्जिनियर उमेश थानीले भने, “सरकारले इन्जिनियरमाथी पूर्वाग्रह साँध्दा दबाबमूलक आन्दोलन होस् वा अवसर दिलाउने कुरामा हामीले कतै सम्झौता गरेका छैंनौं । त्यसकारण पनि इन्जिनियहरुले लोकतान्त्रिक प्यानललाई विजयी गराउनेमा हामी विश्वस्त छौं ।” लोकतान्त्रिक प्यानलबाट ३२ औं कार्यकारिणी समितिका लागि प्राध्यापक इन्जिनियर हिरेन्द्रमान प्रधानको नेतृत्वमा प्यानल घोषणा भएको छ ।