जुम्लाका सुत्केरीलाई न्यानो कपडा वितरण

नन्दराम जैसी,

जुम्ला । जिल्लाको तातोपानी गाँउपालिका वडा नम्बर चारले सुत्केरी तथा नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गरी विभिन्न सेवामुलक काम गर्दै आएको छ । स्वाथ्यकर्मी सहित वडाको टोली गर्भवति तथा सुत्केरीको घरमै पुगेर प्रसुति अवस्थामा ध्यान दिनुपर्ने कुरा गर्भवति र उनका परिवारलाई सिकाउने गर्दछन् । वडाभरीका गर्भवति महिलाको घरदैलोमै पुगेर निशुल्क स्वास्थ्य चेकजाँच गर्नुका साथै कुखुराको भाले सहित फलफुल बितरण गर्नेकाम पनि भैरहेको छ । तातो मौषममा सुत्केरी तथा गर्भवतिका लागि भिटामिन युक्त खाने कुरा दिने गरीएको छ । भने चिसो मौषममा सुत्केरी तथा नवजात शिशुको स्थास्थ्यलाई ख्याल गरी खानेकुरासँगै न्यानो कपडा पनि बितरण गर्ने गरीएको वडा अध्यक्ष धिरज जैशीले बताए ।

उनका अनुसार शुक्रबार मात्रै 15 जना सुत्केरीलाई न्यानो कपडा बितरण गरीएको छ । गएको साउनदेखि मंसिरसम्म सुत्केरी भएका महिला तथा जन्मिएका नवजात शिशुहरुलाई न्यानो कपडा दिईएको हो । ‘एकातर्फ चिसोले सुत्केरी तथा नवजात शिशुको ज्यानै जान सक्ने खतरा छ, भने अर्को तर्फ र्भखरका किशोरी आमा छन्’ वडा अध्यक्ष धिरज जैशीले भने, ‘यिनै समस्यालाई मध्यनजर गरी वडाको भैपरी आउने खर्चबाट उपहार दिने कार्यक्रम गरेका हौ ।’

नियम अनुसार सुत्केरी चेकजाँच गर्ने, स्वाथ्य संस्थामा नै प्रसुति हुने र २० बर्ष माथी सन्तान जन्माउनेहरुलाई उपहार कार्यक्रमले प्राथमिकता दिएको छ । न्यानो कपडा पाएपछि राहतको महशुस गर्दै सुत्केरी सुनिता न्यौपानेले कार्यक्रमलाई सँधै निरन्तरता दिनुपर्ने बताईन् । उनले वडा अध्यक्ष फेरीएपनि यस्तो कार्यक्रमलाई हटाउन नहुने धारणा ब्यक्त गरीन् ।

प्रकाशित मिति : २०७५ पुष ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस