भेडा, बाख्रापालन ब्यवसायमा मुगुका महिला आकर्षित

नन्द बहादुर रोकाया,

मुगु । मुगुको पश्चिम खत्याड गाउँपालीकाका महिलाहरु भेडा बाख्रापालन ब्यवसाय तर्फ आकर्षिण भएका छन् । आम्दानिको अन्य विकल्प नभएपछी महिलाहरु भेडा बाख्रा पालनलाई मुख्य पेशाका रुपमा अगांलेर यो ब्यबसायमा लागेका हुन । गुर्डनेर्वश ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा तथा किर्डाक नेपाल मुगुद्धारा सञ्चालीत आर्यआजन कार्यक्रम अन्र्तगत घुम्ती कोष परिचालन मार्फत महिलालाई क्रण दिन थालेपछी भेडा बाख्रापालन ब्यवसायमा लागेको बताईएको छ ।

बेरोजगारी संगै परिवार पाल्नकै लागी पुरुषहरु अधिकांस भारत जाने गरेका र महिलाहरु भेडापालन ब्यबसायमा लागेको खत्याडगाउँपालीका वडा नं ५ कि होईजाली रोकायाले बताईन । आफनो ६ जनाको परिवार रहेको बताउदै होजाईलीले भनिन् दुई छोरा, धन कमाउन भारत गएका छन । आफुले आम्दानिको लागी बाख्रापालन ब्याबसाय रोजेँ, यो ब्याबसाय राम्रै भएकोमा होजालीले खुसी ब्यक्त गरिन । घुम्तीकोष मार्फत सहकारी बाट ४० हजार क्रण लिईएको र १७ हजार अनुदान पाएको बताउदै होजालीले शुरुमा १० बाख्रा किनेको बताईन । अहिले आफु संग २५ बाख्रा रहेका र पहिलो किस्ता बाफको २० हजार बाख्रा बेचेर फिर्ता गरेको र अहिले आफु संग बाख्रा बेचेर भएपनी ५० अजार आम्दानि भएको उनको भनाई छ । यस्तै ब्याबसाय गरेका खत्याडमा धेरै महिला छन ।

जो खुसी र सुखीका साथ यो ब्याबसायमा लागी परेका छन । खत्याड गाउँपालीका सोहि वडाकि जौकला रोकायाले पनी घुम्ती कोष मार्फत भेडा पालन गरेकि छन । उहाँले पनी घुम्तीकोष मार्फत ४० हजार क्रण लिईएको र १७ हजार अनुदान पाएको बताउदै जौकलाले भेडापालन ब्याबसाय गरेको बताईन । शरुमा ८ वठा भेडा किनेको र अहिले १४ वडा भेडा रहेको उनको भनाई छ । यो ब्याबसाय अंगाले संगै दैनिक घरखर्च सञ्चालन गर्न र छोरा छोरी लाई कापि कलम किन्न सहज भएको जौकलाले बताईन । जौकला भन्नु भयो भेडा बेचेर ७५ हजार आम्दानि गरेको छु ।

खत्याड गाउँपालीकामा घुम्तीकोष सहकारी मार्फत क्रण लिई भेडा,बाख्रापालन खुद्रा पसल, कुखुरापालन लगायत अन्य ब्याबसाय गर्ने धेरै छन । उहाँको जिवनमा यस्ता कार्यक्रमले जिवन परिर्वतन गरेको किर्डाक नेपाल मुगुका लघुउद्यम बिकास अधिकृत जगत भामले बताए । उनका अनुसार आर्थिक अबस्था कमजोर भएका स्थानीय लाई आर्यआर्जन गर्न सहज होस भन्ने उदेश्यले आफनो संस्थाहरुले स्थानीय सहकारीहरु लाई घुम्तीकोष सहयोग गरी सहकारी मार्फत क्रणलिने ब्याबस्था भएकाले आर्यआजानक गर्न ईच्छुक जोकोहिले त्रृmण लिन सक्ने, अधिकृत भामको भनाई छ ।

प्रकाशित मिति : २०७५ पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस