जुम्ली, रसुवा र बाजुराकी तीन युवती, पुर्णसरसफाई अभियान्ता बन्दै बाग्लुङमा

सागर परियार

तातोपानी २ की रामुदेवि चनरा जुम्ली एक सफल तथा समाजसेवी युवती हुन् । सामान्य परिवारमा जन्मीएकी उनीमा समाज सेवा तथा समाज रुपान्तरणको भावना सानै देखिनै जागृत थियो । स्कुले अबस्थामा बालक्लबमा आबद्ध भई बालबिबाह तथा बालश्रम न्युनिकरणका क्षेत्रमा पनि काम गर्थिन । समाज सेवा गर्न भलै धन सम्पत्ति चाहिन्छ होला । तर मन, जागर र शिक्षा भएपछि पनि सजिलै आफ्नो ठाउँमा मात्र नभई परिवर्तन जहाँ गएपनि गर्न सकिन्ने भन्ने सावित चनराले गरेकी छन् ।

२०७४ सालमा उनी सर्वोदय नेपाल संस्थाको सिफारिसमा काठमान्डौ तालिम केन्द्रमा एसएम पढ्ने अबसर पाईन । झण्डै डेढ वर्षको पढाई पछि पोखरामा स्थित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनामा काम गर्ने अबसर मिल्यो । जुन संस्थाले प्रदेश नम्बर ४ र ५ का झण्डै १५ जिल्लामा पुर्ण सरसफाई, शसक्तिकरण र खानेपानीका क्षेत्रमा काम गर्दै आएको कार्यक्रम संयोजक मिन बस्नेतले बताए । उनका अनुसार परियोजनाको लक्ष्य अनुसार प्रदेश ४÷५ का विभिन्न जिल्लामा खानेपानी, सरसफाईका क्षेत्रमा काम गर्न पठाएको उल्लेख गरे । उनले थपे, संस्थाको नीति निर्देशनमा रहेर समाज रुपमान्तरण गर्नु मुख्य उद्देश्य रहेको सुनाए । सहयोगीका रुपमा सरकारका लक्ष्य योजना लाई पुरा गर्दै जाने बताए ।

“पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाले प्रदेश ४÷५ का १५ जिल्लामा खानेपानी, सरसफाई क्षामता विकासका क्षेत्रमा उल्लेखिय काम गरिरहेको छ । ”

त्यसै अनुरुप संस्थाले जुम्लाकी रामुदेबी चनरा लगायत रसुवाकी दिलमाया घले र बाजुराकी सुशिला पाण्डेलाई बाग्लुङ् जिल्लाको गलकाट नगरपालिका १० पाण्डपखानी गाउँलाई पुर्ण सरसफाईका लागि विभिन्न कार्यक्रम गर्न पठाएको हो । विगत ४÷५ महिना यता रामुदेवि चनरा लगायत अन्यले बाग्लुङ्को पाण्डपखानी गाउँ लाई पुर्णससरसफाई युक्त बनाउने अभियानमा जुटेकी हुन् ।

समाजमा छोरीले केहि गर्न सक्दैनन् भन्ने गरिब सोचलाई उनले चिरफार गर्दै छोरी गरे सम्भव के छैन् भन्ने देखाउने समेत प्रयास गरेकी छन् । चनराले बाग्लुङ् बाट टेलिफोन मार्फत भनिन, हामी सबै जिम्मेवार नागरिक युवा भएकोले जहाँ भएपनि कर्मनिष्ट भएर समाज रुपमान्तरणमा लागे समृद्धी सम्भव रहेको बताईन । उनका अनुसार बाग्लुङ् जिल्लाको गलकोटनगरपालिका १० नम्बर वडा पाण्डपखानी गाउँ पहिलो पुर्णसरसफाई युक्त घोषणा हुने दाबी गरिन । अहिले झण्डै ७० प्रतिशत काम सकिएको छ ।

उनले भनिन, पाण्डपखानी गाउँमा झण्डै ५ सय २२ घरधुरी छन् । दिनरात नभनी पुर्ण सरसफाईका सुचक पुरा गर्न सिकाउन्छौ । पाण्डपखानीमा झण्डै ११ वटा महिला समुह बनाएका छौ । सुचक पुरा गर्दै आएका घरहरुमा निलो स्टीकर र पुर्ण सररफाई युक्त घरमा हरियो स्टीकर टाष्ने गरेको सुनाईन । म जुम्लाकी युवती भएपनि यहाँका समुदाय संग निकै घुलमिल भएकी छु ।

भनेकै कुरा पनि सहर्स स्वीकार गर्नुहुन्छ सहयोग समर्थन पनि गर्नुहुन्छ । पुर्णसरसफाई अभियानमा हातमा हातम काँधमा दिएर पाण्डपखानीबासी लागेका छन् । नेपाल सरकारले २०३० सम्म नेपाल लाई पुर्ण सरसफाई युक्त मुलुक घोषणा गर्ने लक्ष्य लिएको तर काम निकै सुस्त गतिमा भईरहेको छ । यता, पश्चिम नेपाल ग्रामिण खानेपानी तथा ससफाई परियोजनाको तीन उद्देश्य अन्तरर्गत पुर्ण सरसफाईका क्षेत्रमा उल्लेखिय काम गरेको छ । बाग्लुङको पाण्डखानी गाउँलाई चैत मसान्त भित्र पुर्ण सरसफाई युक्त गाउँ घोषणा गर्ने उनको भनाई छ ।

“जुम्ला, रसुवा र बाजुराकी युवतीहरुको निरन्तर प्रयास तथा जनचेतनाले बाग्लुङ्को पाण्डपखानी गाउँ जिल्लाकै पहिलो पुर्णसरसफाई घोषणा गर्ने अन्तिम तयारीमा छ ।”

व्यवहार परिवर्तन गर्न चुनौती
पुर्ण सरसफाई घोषणाका लागि ७ वटा सुचक पुरा गर्नु पर्ने मापदण्ड छ । तर पुर्णसरसफाई अभियान्ता रामदेवि चनराका अनुसार सुचक छ छदैछ । मुख्उ चुनौती व्यवहार परिवर्तन हो । सुचक पुरा गरी कार्यान्वयन गर्ने समुदाय व्यक्तिनै हुन तर व्यवहारिक भएन भने घोषणा घोषणामै सिमित हुन्छ । त्यसैले, खाने,बस्ने, लगाउने, सरसफाई गर्ने, सिक्ने र सिकाउने विषयमा व्यवहार परिवर्तन ठुलो चुनौती देखिएको बताईन । जुम्ली युवती भएकोले भाषा बुझाउन निकै कठिन थियो ।

तर अहिले अलि सहज भएको छ । सुचक संगै व्यवहार परिर्वन लाई मुख्य प्रथामिकता दिएर समुह समुहमा सिकाउने गरेको बताई । पाण्डखानीका ११ वटा टोलमा बस्ने ५ सय २२ घरधुरीका महिला दिदि बहिनी लाई बढि व्यवहारिक कुरा सिकाउने गरेका छन् । घर धन्दामा बढि सत्रिय हुने महिला लाई पटक पटक पुर्ण सरसफाईका फाईदाका बारे भन्ने गरेको बताईन ।

                              बाग्लुङ जिल्ला गलकोट नगरपालिका १० पाण्डपखानी गाउँ ः फोटो ः रामदेवि चनारा
पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाका कार्यक्रम संयोजक मिन शर्माले सस्थाको लक्ष्य उद्देश्य भन्दा पनि पाण्डखानीमा निकै सरायिन काम भएकोमा खुसी व्यक्त गरे । रामुदेवि संगै रहेका दिलमा घले सुशिला पाण्डेले पुर्ण सरसफाईका लागि गरेको काम निकै प्रसंशा योग्य रहेको पाण्डपखानीका स्थानीय महिला आशा श्रीसले बताईन । उनका अनुसार तीनै युवतीहरु पुर्ण सरसफाईका लागि दिनरात खटेको सुनाईन ।

७० प्रतिशत काम पुरा
बाग्लुङ् जिल्लाको गलकोट नगरपालिका १० पाण्डखानी गाउँ जिल्ल्लाकै पहिलो पुर्ण सरसफाईयुक्त घोषणा हुने तयारीमा छन् । सरसफाईका सात सुचक, योजना तर्जुमा तथा व्यवस्थापन, चर्पीको समुचित प्रयोग, व्यक्तिगत सरसफाई, सुरक्षित पानीमा पहुँच र प्रयोग, सन्तुलित खाना, घरायसी नतथा संस्थागत सरसफाई, वाताबरणिय सरसफाई, सुधारिएको चुलो लगायतका सुचक पुरा गर्ने तयारीमा छन् पाण्डखानी बासी । त्यहा रहेका ५ सय २२ घरधुरी मध्य ७० प्रतिशत घरमा सुचक पुरा भएको र ३० प्रतिशतमा बाँकी रहेको र चाडै सकिने वडा कार्यालयले जनाएको छ ।

गलकोट नगरपालिका १० नम्बर वडा अध्यक्ष तिलक घर्तीका अनुसार, सरकारको लक्ष्य अनुसार गैरसरकारी निकाय तथा स्थानीय सरकारको समन्वय सहयोगमा घोषणा गर्ने तयारीमा छौ । साथमा पाण्डखानीले तीन जना होनार युवती पाएको जसले गर्दा घोषणाका लागि सहज भएको बताए । अभियान्ताहरुको निरन्तर प्रयासले पाडण्पखानी लाई घोषणा गरी नमुना बनाउने उनको भनाई छ । अहिले ७० प्रतिशत जति काम सकिएको छ । आउने चैत मसान्तमा घोषणा गर्ने तयारी भईरहेको छ । लाखौ बजेट खर्चेर घोषणाको तयारी अन्तिम चरणमा पुगेको छ ।

 पुर्ण सरसफाई बारे छलफल पछि महिला समुह ः तस्बिर ः रामुदेवि चनारा

यसमा जुम्ली युवती रामुदवी लगायत अन्य सबैको ठुलो सहयोग छ । हामी उनको उच्च कदर गर्छौ उनले भने । जुम्ली युवती रामुदवि लगायत रसुवाकी दिलमाया घले, बाजुराकी शुसीला पाण्डे साथमै रहेर पुर्णसरसफाईको काम गरिरहेकी छन् । उनीहरु, विहानै उठेर दिउसो, साझपख पनि घरघरमा गएर, स्वास्थ्य तथा सरसफाईका बारेमा सिकाउने गर्दछन् ।

घरबाट टाढा भएपनि कुनै न कुनै ठाउँमा समाज रुपान्तरणका लागि अभियान्ता बन्न पाएकोमा अर्की युवती दिलमाया घलले खुसी व्यक्त गरिन । छोरी चेली प्रतिको हेरिने नजर र गरिने व्यवहार विरुद्धमा हामी समाज सेवामा लागेको बाजुराकी सुशिला पाण्डेले बताईन । आधा आकाश ओगटेकी नारीहरुले पनि गर्न सक्छन् भन्ने छाप बाग्लुङ्मा डोडर आआफ्नो गाउँमा पनि देखाउने तीनै युवतीले बताईन ।

फर्किएर गाउँ बनाउन्छौ
बाग्लुङ् जिल्लमा बसेर पुर्ण सरसफाई अभियन्ता बनेकी जुम्ली युवती रामुदेवि लगायत अन्य युवतीहरुले घर फर्किए पनि गाउँ बनाउ अभियानमा जुट्ने बताएकी छन् । आफुले जानेको सिकेको अनुभवका आधारमा सरकारको लक्ष्य लाई सफल पार्नका लागि पुर्णसरसफाईका क्षेत्रमा उल्लेखिय काम गर्ने सोचमा रहेको रामुदेविले बताईन । जुम्ला उनको घर तातोपानीमा हो । जहाँ पर्यटन क्षेत्र पनि हो ।

फर्किएर एक नमुना गाउँ बनाउने सोचमा छु । सबै संग समन्वय सहकार्य गरी पहिला आफ्नै गाउँलाई पुर्णसरसफाई घोषणाका लागि पहल गर्छु उनले भनिन ।
त्यस्तै, उनका साथी दिलमाया घले र सुशीलाले पनि आफ्नो गाउँमा गएर पुर्णसरसफाई लगायत बालबिबाह, बहुबिबाह बालश्रम न्युनिकरणका क्षेत्रमा काम गर्ने बताएकी छन् । देश परिवर्तनको जिम्मेवारी हरेक नेपालीको काँधमा छ । एकले अर्काको मुख ताकेर समृद्धी सम्भव छैन् । समाज सेवा रुपमान्तरण देशका जुससुकै कुनामा गएर पनि देखाउन सकिन्छ भन्ने कुरा जुम्ली एक युवतीले देखाएकोमा जुम्लाबासी खुसी भएका छन् ।

चैत मसान्तमा बाग्लुङ्को पाण्डखानीलाई पुर्णसरसफाई घोषणा गरी राुमदेवि लगायत उनका साथी आफुनो गृहजिल्लामा फर्किने छिन् । हाल बाग्लुङ जिल्ला गलकोट नगरापालिका १० पाडण्डपखानी गाउँमा तीनै जना युवती बस्दै आएकी छन् ।

फोटो क्याप्सन ःबाग्लुङ जिल्लाको गलकोट नगरपालिबा १० पाण्डपखानी गाउँउ तथा महिला समुह बीच छलफल ः तस्बिर ः रामुदेवि चनारा  बाग्लुङ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस