खानेपानीले बिथोल्यो पढाइ

टिफिन टाइममा पानी खान घर गएका विद्यार्थी फर्किंदैनन्

जुुम्ला : सिँजा गाउँपालिका–६ काँडागाउँस्थित शान्तिजन आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई तिर्खा लागेमा विद्यालयमा खानेपानीको सुुविधा छैन । विद्यालयमा खानेपानीको अभाव भएकाले विद्यार्थीहरू समस्यामा परेका छन् । विद्यालयले खानेपानीको व्यवस्था गर्न नसकेपछि विद्यार्थीले घरबाटै पानी लाने गरेका छन् ।

विद्यार्थीको पढाइ प्रभावित
२०६४ सालमा स्थापित शान्तिजन आधारभूत विद्यालयमा हाल एक सय ५० जना अध्ययनरत छन् । कक्षा ५ मा पढ्ने विद्यार्थी कमल बुुढाले विद्यालयमा खानेपानीको सुुविधा नहुुँदा विद्यार्थीहरू बीचमै घरमा जाने गरेकाले उनीहरूको पढाइ नै प्रभावित हुुने गरेको जानकारी दिए । भौगोलिक हिसाबले दुुर्गम भएका कारण सरकार र दाताको नजर विद्यालयमा पर्न सकेको छैन । विद्यालयमा पानीको अभाव भएपछि विद्यार्थीले घरबाट ल्याउने गरेको प्रधानाध्यापक मानबहादुुर रोकायाले बताए । खानेपानीको अभावले गर्दा आधा दिनमै विद्यार्थी पानी पिउने बहानामा घर जाने र फर्केर नआउने गरेको रोकायाको भनाइ छ । जसले गर्दा विद्यार्थीको पढाइ प्रभावित भएको उनले बताए । विद्यार्थीले बोतलमा ल्याएको पानी दिनभरलाई नपुुग्ने भएका कारण बीचमै पढाइ छाडेर उनीहरू घर जाने गरेका छन् ।खानेपानीको योजनाका लागि स्थानीय जनप्रतिनिधि तथा गाउँपालिकालाई माग गरे पनि हालसम्म सुुनुुवाइ नभएको प्रधानाध्यापक रोकायाले गुुनासो गरे । अनुुगमनका लागि स्थानीय जनप्रतिनिधि पटक–पटक विद्यालय आउने गरे पनि उनीहरूले हाजिरी रजिस्टरमा शिक्षक आए–नआएको हेर्ने मात्र गरेका छन् । विद्यालयको भौतिक अवस्था कस्तो छ, शिक्षकले सेवासुुविधा पाए–नपाएको के छ भन्ने विषयमा बुुझ्ने नगरेको प्रधानाध्यापक रोकायाले बताए । शिक्षकले दसैँपछि तलब नपाएको, तर यस विषयमा जनप्रतिनिधिले चासो नदिने गरेको उनको आरोप छ । विद्यालयका डेस्क, बेन्च जीर्ण भइसकेका छन् ।

पढाइ छाडेर गाउँघरमा पानी खोज्दै विद्यार्थी
विद्यालयमा मध्यान्तर भएका वेला अधिकांश विद्यार्थीले नजिकका गाउँघरमा पानी मागेर पिउने गरेका छन् । अहिले यस क्षेत्रका विद्यालयमा खानेपानी र सरसफाइमा ठूलो समस्या देखिएको छ । ‘गाउँबाट खोजेर एक गाग्रो पानी ल्याउने गरेका छौँ, गर्मीको वेला यसले पुुग्दैन,’ प्रधानाध्यापक रोकायाले भने । विद्यालयमा पानीको सुुविधा नहुुँदा शौचालय सरसफाइदेखि अन्य विषयमा पनि प्रत्यक्ष असर परेको उनको भनाइ छ ।

पानी अभावका कारण विद्यालयमा भएका दुुईवटा शौचालय प्रयोगविहीन अवस्थामा छन् । आधारभूत विद्यालय भए पनि छात्रा र छात्रका लागि छुुट्टाछुुट्टै शौचालय निर्माण गरिएको छ । दिसापिसाब त्यत्तिकै छरपस्ट हुुँदा शौचालयको दुुर्गन्ध विद्यालयवरिपरि फैलिएको छ । सिँजा गाउँपालिका खुुला दिसामुुक्त घोषणा भएको धेरै भइसक्यो । तर, विद्यालयमा खुुला दिसापिसाब गर्ने गरिएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस