
जुम्ला ः रंगको पर्व होलीलाई संस्कृति अनुसार आपसी शुभकामना साटासाट गरेर शान्तिपूर्ण बनाउनका लागि नेपाल प्रहरीले विशेष प्रचारात्मक अभियान चलाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरिक्षक सिताराम रिजालले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी र समुदायले संयुक्त अभियानमार्फत प्रचारात्मक (यालीसहित माइकिङ, मोबाइलगस्ती गरेर सचेतना जगाइएको बताए । तर उच्छृङखल देखियो भने कारबाही हुने उनले चेतावनी दिए ।
तर पछिल्लो समयमा बेलुनमा पानी भरेर जथाभावी हान्ने, बटुवालाई फोहर पानी छ््याप्ने, जबरर्जस्ती रङ दल्नेलगायत उच्छृंखल गतिविधि देखिने गरेको छ । घटना हुन नदिन सुरुमै प्रचारात्मक कार्यक्रममार्फत सचेत बनाउँदै संस्कृति र परम्परा अनुसार होली खेल्न अनुरोध गरिएको छ । पर्वका दिन कुनै उच्छृंखलता देखियो भने पक्राउ गरी कारबाही गरिने उनले बताए । इच्छा विपरीत होली दल्ने, लोला हान्ने, पानी खन्याउने, अमर्या्िदत गतिविधि गरेको पाइएमा अभद्र व्यवहार अन्तर्गत कानूनी कारबाही हुने छ । होली विशेष सुरक्षा योजना अन्तर्गत प्रचारात्मक कार्यक्रम अघि बढाएको र मापसे चेकजाँचदेखि अवाञ्छित गतिविधि निगरानीमा प्रहरी कर्मचारी थपेर सुरक्षा मजबुद बनाइएको छ ।