सरकार लाई सघाउदै जुम्लाका गैसस,छलफलका लागि समय दिनन् सरोकारवाला

सागर परियार
सरकारको सहयोगी निकाय गैससले आफ्नो लक्ष्य अनुसार शिक्षा, स्वास्थ्य तथा कृषि लगायत जीविकोपार्जनका क्षेत्रमा निकै महत्वपुर्ण काम गरेका छन् । कर्णाली एक विकट क्षेत्र हो । जहाँ शिक्षा, स्वास्थ्यको पहुँचमा यहाँका बालबालिका देखि जेष्ठ नागरिकहरु पुग्न सकेका छैनन् । सरकार पुग्न नसकेका कर्णालीका दुरदराजमा गैरसरकारी संस्थाहरु पुगेका छन् ।

टिकाटिप्पणी तथा आलोचना जति गरेपनि गैससहरुले समाजरुपान्तरणका लागि गरेको चेतना अभिबृद्धि तथा विभिन्न कामहरु स्वागत योग्य छन् । सबै संस्थाहरुका कार्यक्रमहरु एकैनासे हुने, एउटै शिर्षकमा धेरै संस्थाको बजेट खर्च गर्ने लगायतका कारणले गर्दा उपलब्धी अपेक्षा अनुसार हुन सकेको अबस्था छैन् ।

तर विगत भन्दा अहिले ग्रामिण क्षेत्रका बालबालिका महिलाहरुमा आएको परिवर्तनका भागेदार सरकारी पक्ष जति गैरसरकारी निकायहरु रहेका छन् । कृषिमा आत्मनिर्भर देश नेपालमा सरकारले आधुनिक कृषि प्रणालीको अबधारणा ल्याएको छ । भने, शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा सबैको सम्मान पहुँच पुराउने पनि सरकारको लक्ष्य छ ।

तर गैरसरकारी निकायहरुले भने, सरकारको सहयोगी बन्दै कृषि तथा शिक्षा, स्वास्थयका क्षेत्रमा काम गर्दै अघि बढेका छन् । आगामी दिनमा जुम्लामा काम गर्ने गैससहरुले सम्पुर्ण लाईन एजेन्सीहरु संग आबश्यक समन्वय गरी अघि बढ्न जुम्लाका सरोकारवालाहरुले सुझाब दिएका छन् ।
जुम्लामा काष्डाले कृषि तथा बजारीकरणका क्षेत्रमा गरेको काम र किर्डाकाले शिक्षा, स्वास्थ्य तथा खानेपानीका क्षेत्रमा गरेको काम निकै स्वागत योग्य छ । आगामी दिनमा अझै आबश्यकतामा आधारित नदोहिरिने गरी काम गर्न समेत सुझाब दिएका छन् । जुम्लामा विहिबार सम्पन्न वल्डभिजन, काष्डा र किर्डाक नेपालको अर्धवार्षिक समिक्षा कार्यक्रममा अब गैससले बरु थोरै भएपनि व्यवहार परिवर्तन गर्ने तथा परिणामुखी काम गर्न सुझाब दिएका हुन्

वल्र्डभिजन नेपालको साझेदारीमा काष्डाले नेपालले कृषि तथा आर्थिक विकासका क्षेत्रमा काम गरेको छ । भने, किर्डाक नेपालले शिक्षा,स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको छ । जुम्लामा कार्यरत गैससले गरेका विभिन्न गतिविधिका बारेमा मासिक रुपमा छलफल गरिने जिससका प्रमुख लाल बहादुर सार्कीले बताए । उनले भने, व्यहारिक ज्ञान दिनु आजको आबश्यता हो ।

यसमा किर्डाक र काष्डालाई सचेत रहन ध्यानकर्षण गराए । यता प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले गैससमा आन्तरिक सुसाशन कायम गर्न आबश्यक रहेकोमा जोड दिईन । परिणाममुखि विकास पद्धतीलाई प्रथामिकता दिदै, कार्यक्रम दोहोरिने समस्याको अन्त्य गर्न समेत आग्रह गरिन । भने, कार्यक्रमा सहभागी सबै सरोकारवालाहरुले गैससहरुले समन्वय तथा सहकार्यलाई विशेष प्रथामिकता दिएर काम गर्न सुझाब दिएका छन् ।

यता किर्डाक नेपाललका कार्यक्रम संयोजक दिपराज रावतले समय दिन नसक्ने सरोकारवालाका कारण संस्थाले गरेका गतिविधिको उपलब्धी देखाउन नपाएको गुनासो गरे । अघि पछि आलोचना तथा टिकाटिप्पणी गर्ने तर छलफल बहशका क्रममा समय दिन नसक्ने समस्याले गर्दा अपेक्षा अनुसार उपलब्धी हुन नसकेको उनको भनाई छ ।

भने, काष्डाका प्रसाशकिय अधिकृत देवेन्द्र आर्चायले सुझाब लाई आगाी दिनमा कार्यान्वयन गर्दै जाने बताए । भने, सरोकारवालाहरु कार्यक्रममा प्रयाप्त समय नदिँदा समस्या हुने गरेको उल्ल्लेख गरे ।

प्रकाशित मिति : २०७५ चैत्र १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस