जुम्लामा चार बर्षीया बालिकामाथी ४८ बर्षीयद्धारा यौनदुव्र्यवहार

फाईल फोटो

कर्णाली पोष्ट,

जुम्ला । चार बर्षीया बालिकालाई यौनदुव्र्यवहार गरीएको छ । चन्दननाथ नगरपालिका – ४ भारतीवाडाका ४८ बर्षीय श्याम भारतीले सोमबार दिउसो एक चार बर्षीया बालिकालाई यौनदुव्र्यवहार गरेका हुन् । उनलाई प्रहरीले चैत १८ गते साँझ नै पक्राउ गरेको छ । पीडित बालिकाका आफन्तले जिल्ला प्रहरीमो बाल यौनदुव्र्यवहारको निवेदन दिएपछि भारती पक्राउ परेका हुन् । प्रहरी निरीक्षक नविन ओलीले भनिन्, पीडित पक्ष आरोपितको दवावमा मिलापत्र गर्न खोज्दै थिए, तर सार्वजनिक भईसकेको घटनाबारे प्रहरीले अडान लिएपछि मात्र पीडित पक्षले जाहेरी दर्ता गराएका छन् ।

उनका अनुसार भारतीवाडा टोल स्थित असोकनमूना प्राथामिक विद्यालय परिसरमा लगेर बालिकामाथि यौन दुव्र्यवहार भएको हो । आरोपित भारतीलाई पक्राउ गरी अनुसन्धान भई रहेको छ । पीडित बालिकालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वास्थ्य परीक्षणपछि आफन्तलाई बुझाईएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस