जुम्ला ः तिला गाउँपालिका र पातारासी गाउँपालिकाका लैङ्गिक सहजकर्ता तथा महिला स्वयम् सेविकालाई अभिमुखिकरण कार्यक्रम गरिएको छ । इटालियन फाउण्डेशन र सर्बाेदय नेपाल ललितपुरको सहयोग तथा सर्बाेदय नेपाल, जुम्लाको आयोजनामा लैङ्गिक सहजकर्ता र महिला स्वयम् सेविकालाई अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
महिला सशक्तिकरण तथा जिविकोपार्जन सुधार कार्यक्रम अन्र्तगत लैङ्गिक सहजकर्ता र महिला स्वयम् सेविका छनौट गरी उनीहरुलाई कार्यक्रमका विषयमा अभिमुखिकरण गरिएको हो । महिलालाई सक्तिकरण गरी उनीहरुको कार्यबोझ घटाएर स्वस्थ्करण कसरी बनाउ सकिन्छ र समाज भएको छुईप्रथा जस्ता सामाजिक कुसस्कारलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने उद्देश्यका साथ सहजकर्ता र महिला स्वयम् सेविकालाई अभिमुखिकरण गरिएको सर्बाेदय नेपाल जुम्लाका निर्देशिक कमलराज खत्रीले बताए । उनले भने अहिले समाज महिला पछाडी परेका छन् उनीहरुलाई विकासको मूलधारमा ल्याउनका लागि यो परियोजनाले काम गर्ने छ ।
त्यसैगरी तिन दिनसम्म संचालन भएको अभिमुखिकरण कार्यक्रममा पत्रकार द्धोय मानदत्त रावल र नन्दराम जैशीले महिला माथि हुने हिंसा र यसको कानुनीबाटोका विषयमा सहजीकरण गरेका थिए । बैशख २ गतेबाट संचालन भएको लैङ्गिक सहजकर्ता र महिला स्वयम् सेविका छनौट तथा अभिमुखिकरण कार्यक्रममा तिला र पातारासी गाउँपालिका २१ जना लैङ्गिक सहजकर्ता र महिला स्वयम सेविकाको सहभागिता रहेको थियो ।