नन्दराम जैसी,
जुम्ला । जुम्ला पातारासी ४ का २५ बर्षिया प्रविन नेपालि एक पौरखी युवा हुन् । गरिबि र कमजोर आर्थिक अवस्थाका कारण कक्षा पाँच सम्मको मात्रै पढाई गरेका उनी अहिले आफ्नै पौरखले जिविकोपार्जन गरीरहेका छन् । एक बर्षअघि कक्षा ६ मा पढ्दै गरेका उनका भाईको एक्कासी बिरामि परेर मृत्यु भएपछि उनी बाहेक बुढा आमा, बाबाको अरु सन्तान कोही छैन । उनको काँधमा बुढेसकालका आमा, बाबा र श्रिमति तथा दुई छोराछोरीको पालनपोषण गर्ने जिम्मेवारी छ । घरायासी समस्या समाधान गर्न तथा घरखर्च संचालनका लागि उनले झण्डै एक दशकसम्म पाटनको यार्सा संकलनदेखि अर्काको हलीफाली समेत गरे । त्यसक्रममा उनलाई घरखर्च चलाउन निकै मुस्किल परेको कर्णाली पोष्टसँग तितो अनुभव सुनाए । गाँउका सबै बेरोजगार युवाहरु धमाधम विदेशिन थालेपछि विदेश नजाने सोच पनि उनीमा नआएको होईन् । तर विदेशिने पनि कसरी नत खल्तिमा पैसा छ । नत बेच्न मिल्ने घर घडेरी नै ।
‘साहु महाजनसँग ऋण काढेर विदेशिएको भए मलाई ऋण तिर्नै ठिक्क र घरपरिवारको समेत बिचल्लि हुने रैछ, तर अहिले गाँउमै आरा च्यातेर आहारा चलेको छ’ उनले भने, ‘घर परिवारको हेरचाह गर्न पाएको छु, परिवारसँग भोकै बस्नुपरेपनि आत्म सन्तुष्टि मिल्छ ।’ उनका अनुसार आरा मेसिन हातले काठ च्यात्ने एक साधान हो । हलुंगो र जँहापनि बोकेर लैजान मिल्ने भएकाले आरा मेसिन दुर्गममा निकै प्रचलित छ । आधुनिकतासँगै अहिले मिल उद्योगमा काठ च्यात्ने गरीएपनि जुम्लाका दुर्गम गाँउहरुमा भने आरा मेसिनकै प्रयोग हुन्छ । आरा मेसिन सस्तोमा किन्न सकिन्छ । दिनभर मेसिन हातले समातेर काठ च्यात्नु पर्ने भएकाले यो जोसुकैले प्रयोग गर्न भने सक्दैनन् । तर दुर्गमका जोस, जाँगर र शक्ति भएका पौरखी युवाहरुलाई आरा मेसिन जिविकोपार्जनको साहारा नै भनेको छ ।
उनी अहिले आरा च्यातेरै काठको काम गरेर मासिक १५ हजार बढि कमाउँछन् । उनले आरा च्यातेर निकालेको काठबाट झ्याल, ढोका, दराज, कुर्चि, टेवल, बेन्च लगाएत सबै काठका सामाग्री बनाउने गरेका छन् । ‘म सँग सिप थियो तर आर्थिक अभावले आरा मेसिन तथा काठ काम गर्ने अन्य कुनै औजार थिएन’ उनले भने, ‘किर्डाक संस्थाले सबै औजार सहयोग गरेपछि बल्ल मैले सिप देखाउन पाएको हुँ, यसले मेरो जिवनको पाटो नै फेरीदियो ।’ सँधै गरिबिमै हुर्केको जिबन आफ्नै पौरखले गर्दा सुखमय बन्दै गएको उनले बताए । सिप सिकेका तर सामाग्री नभएर बेरोजगार बसेका युवालाई उद्यमी बनाउने ध्येयले प्लान ईन्टरनेशनल नेपाल र किर्डाक नेपाल जुम्लाको साझेदारीमा संचालित समावेशी शिक्षा प्रर्वद्धन परियोजना अन्र्तगत सिप आयआर्जन कार्यक्रमबाट उनलाई औजार सहयोग गरीएको हो ।
‘यहि पौरखले कमाएको पैसाले घर थिएन घर बनाएँ, छोरा छोरी पढाएको छुँ, भोको पेट भरीएको छ, खाली शरीर ढाकिएको छ’ उनले थपे, ‘अब यो पेशालाई आधुनिक तरीकाले अपनाउने सोच छ, सबैको साथ सहयोग कायम रहोस् ।’ आरा मेसिनमा उनले खियाएको पौरख देखेर गाँउका अन्य युवाहरु पनि उत्साहीत भएका छन् । परिश्रम गरेमा घरमै राम्रो कमाई गर्न सकिन्छ भन्ने उनिबाट उदाहरण पाएका छन् । भने उनले पनि गाँउको अधिकांश काठ काम पाईरहेका छन् । अहिले उनिसँग गाँउका युवाहरु आरा मेसिन चलाउने सिक सिक्न उत्साहीत छन् । सिप भएर पनि साधान नहुँदा बेरोजगार भएर भौतारीरहेको थाँहा पाएपछि थोरै सहयोगले उनलाई उद्यमी बनाउने धयेयका साथ काठ काम गर्ने राउटर, आरा मेसिन लगाएत अन्य औजारहरु दिईएको सहयोगी संस्थाका रामाशंकर दवाडीले बताए । संस्थाको सानो सहयोगले अहिले उनि एक असल उद्यमी बनेपछि आफुहरुलाई खुसि लागेको उनको भनाई छ ।