सागर परियार
सयौ वर्षपछि सिंजा सभ्यताको संरक्षणका लागि खष संग्रहालय बन्ने भएको छ । नेपाली खष भाषाको उद्गम स्थल सिंजा, तथा शाक्तिसाली सिंजा राज्यको ऐतिहासिक महोत्सव झल्काउने, भाषा संस्कृति संरक्षण गर्न सिंजामा संग्रहालय बन्न लागेको हो । सिंजा सभ्यताको खस संग्रहालय निर्माणका लागि विहिबार सिंजा गाउँपालिका अध्यक्षले संग्रहालय शिलन्यास गरेका छन् । मागल, बञ्चेबाजा सहितको तामझाम संग्रहालयको शिलन्यास गरिएको हो ।
सिंजा गाउँपालिका १ विष्टबाडा गाउँमा संग्रहालय निर्माण हुने छ । झण्डै ४ हजार वर्ग मिटर जग्गाामा पुरानै कला संस्कृति झल्कीने शैलीको बनावट भएको र सिंजा सभ्यता सहितको खष संग्रहालय निर्माण गरिने निर्माण समितिका अध्यक्ष देविकृष्ण तिवारीले बताए । उनका अनुसार आजभन्दा ३४६० वर्षअघि अर्थात इशापूर्व १४४५ मा राजा जालन्दरले सिञ्जा राज्य स्थापना गरेका थिए । लामो ऐतिहास बोकेको सिंजा सभ्यताको संग्रहालय बन्न्ने भयो भन्दै सिंजाबासी खुसी छन् ।
राजा जालन्दरले शिवका भक्त भएकाले शिवको अघिल्लो अक्षर सि र आफ्नो नामको अघिललो अक्षर ‘जा’बाट जोडेर सिञ्जा नाम रहन गएको जनश्रुति भेटिन्छ । जालन्दरकी रानी वृन्दाले बास गरेको भनी सिञ्जामा अहिले पनि पूजा गरिने देवीलाई वृन्दावासिनी भनिन्छ । खस राजा नागराजले र उनका उत्तराधिकारीले सिञ्जा नगरमा करिब ३०० वर्षसम्म शासन गरेका थिए । खस राजाले पूर्वमा नेपाल उपत्यकामा दुईपटकभन्दा बढी आक्रमण गरी करत राज्य बनाएको र पश्चिमका कुमाउ, गडवालसम्मका राज्यलाई आफ्नो साम्राज्यभित्र पारेको इतिहास छ ।
यस्ता ईतिहास झल्कीने संरचना निर्माण गरी सिंजा सभ्यताको सरंक्षणका लागि संग्रहालय निर्माण थालिएको उल्लेख गरे । संग्रालय निर्माणका लागि स्थानीय गोविन्द तिवारी,तोयानाथ तिवारी,प्रेमनाथ तिवारी र मोतिपुरा तिवारीले निशुल्क जगाा दान गरेका छन् । शिलन्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले पुरातत्व विभागमा दर्ता भएका सबै ऐतिहासिक संरचना प्रर्बद्धनका लागि संग्रहालय आबश्यक छ । तर घर बनाउदैमा संग्रालय बन्दैन् उनले भने, सभ्यता सहितको संग्रहालय पुर्ण हुनकालागि खोज अनुसन्धानमा समेत विशेष जोड दिईने बताए ।
सिजा राज्यकै विषयमा अध्ययान समेत गर्ने वाताबरण सृजन ागर्ने दाबी गरे । उनका अनुसार संग्रहालय निर्माणका लागि उधोग पर्यटन वन तथा वातावरण मन्त्रालय ५० लाख दिएको उल्लेख गरे । कर्णाली सरकारले विशेष महत्व दिएर संग्रहालय निर्माणका लागि बजेट छुटाएको हो ।
आउने बजेटमा संग्रहालय निर्माण विशेष प्रथामिकतामा पर्ने समेत आश्वासन दिए । यता प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले उपभोत्ता समितिले राम्रो काम गर्न नसकेको आरोप हुने गरेको बताईन । संग्रालय निर्माणमा निस्वार्थ काम गरि उपभोत्तःा समिति प्रतिको भरम चिर्न समेत सुझाब दिईन ।
आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बन्ने समेत उनको भनाई छ । शिलन्यासमा तामझाम गरी स्वागत गरेका उपभोत्ता समितिलाई काम नगरेको भन्दै काबार्हि गर्नु पर्नेमा समय नआवस भन्दै व्यंगे गरिन । संग्रहालय निर्माण ३ वर्षभित्र भईसक्ने छ । भने अहिले जगा वरिपरि घेरावार देखि माटो सम्याउने काम हुने छ । र डिपिआरको डिजाईन अनुसार निर्माणमा हुने स्थानीय डिल्ली प्रसाद तिवारीले बताए ।
संग्रहालयका आकर्षण
शक्तिशाली राज्यको राजधानी रहेको सिञ्जा आफैंमा महत्वपूर्ण स्थान हो । कर्णाली प्रदेशका खस ब्राह्मण, क्षेत्री, ठकुरी, कामी, दमाई, सुनार, सार्की, संन्यासी आदिहरू मष्टो मान्ने भएकाले यिनीहरू प्रकृतिपूजक हुन्न् । जुन तराईका ब्राह्मण, क्षेत्री आदिले मान्ने देवताभन्दा सर्वप्राचीन हुने भनेर विद्वान्हरूले लेखेका छन् ।
पुर्वपश्चिम देखि पश्चिम महाकाली सम्म फैलिएको सिंजा सामराज्यको भाषा सांस्कृतिका आफ्नै विशेषता थिए । लगाउने चोला, गामन, हातका बाला, लगाईने पहिन, समेत राखिने छ । भने सिंजा सभ्यताको बारेमा ब्रोसर तयार गरिने छ । सबै एतिहास सजिलै पढ्न मिल्ने छ ।
भने एतिहासिक सम्पदा, सिंजा कनकासुन्दरी मन्दिर, पान्डव गुफा, बुढु मष्टा, कनकासुन्दरी नैधारा मन्दिर, विराट दरबार, नाख्या दुला, ह्याङ्ग्रा देवता मन्दिर, लेकपर लामा मन्दिर, बातामालीका महादेव लगायतका स्पम्ब तथा किंवदन्ती समेत राखिने छ । लगायत कलासास्कृति समेत झल्कीउने बस्तु राखिने छ ।
सिंजाको ईतिहास
बली राजका पालामा जुम्ला राज्य समृद्ध र शक्तिशाली रहेको इतिहास छ । जुम्ला राज्यका अन्तिम राजा सूर्यमान शाहीले वि.स.। १८१६ मा राज्याभिषेक गरेका थिए । नेपाल एकीकरणको अभियानमा शिवनारायण खमीको गोर्खाली सेनाले १८४६ असोज ३ गते कब्जा नगरुन्जेलसम्म जुम्ला राज्यको अस्तित्व रहेको थियो ।
चौथो शताब्दीमा सुरु भएको जुम्ला राज्य अठारौँ शताब्दीसम्म अखण्ड र शक्तिशाली रहेको थियो । खस राजा नागराजले र उनका उत्तराधिकारीले सिञ्जा नगरमा करिब ३०० वर्षसम्म शासन गरेका थिए । खस राजाले पूर्वमा नेपाल उपत्यकामा दुईपटकभन्दा बढी आक्रमण गरी करत राज्य बनाएको र पश्चिमका कुमाउ, गडवालसम्मका राज्यलाई आफ्नो साम्राज्यभित्र पारेको इतिहास छ ।
खस राजा नागराज र उनका उत्तराधिकारीले सिञ्जा नगरमा करिब ३०० वर्षसम्म शासन गरेका थिए ।’ त्यस अवधिमा सिञ्जा क्षेत्र राजधानी मात्र होइन एक चर्चित सभ्यताका रूपमा विकास भएको इतिहास छ । यिनै खस राजाहरूले पूर्वमा नेपाल उपत्यकामा २ पटकभन्दा बढी आक्रमण गरी करत राज्य बनाएको र पश्चिमका कमाउ गरुवालसम्मका तमामा राज्यहरूलाई आफ्नो साम्राज्यभित्र पारिसकेको पाइन्छ ।
सिञ्जा सभ्यता विकासको लामो शृंखला छ । सामाजिक व्यवस्था, ब्राह्मणको उच्च स्थान, सिञ्जा सभ्यतामा दरबारसम्म पहुँच भएका ब्राह्मणहरूले राज्यबाट भूमि दान वा कृपा प्राप्त गरेका थिए । तिनीहरूलाई राज्यको कर लाग्दैनथ्यो । राजकाजमा सल्लाहकार राजदूत, धर्माधिकारी, न्यायाधिकारी र प्रशासनिक कर्मचारीमा ब्राह्मणहरू कार्यरत रहेको इतिहास भेटिने गरेको पूर्णप्रसाद धितालले बताए ।