
जंग बहादुर बुढा (विरही साईला)
गजल
१,गुरु ब्रहमा गुरु विष्णु देवो महेश्वर नानी
तिनै गुरु पुज्य हुन्छन् सधै पुज्ने गर नानी
२,गुरुनै हुन ज्ञानका आर्दशका प्रतिक पनि
सजिप गई ज्ञान लिएर भाव सागर तर नानी
३,(गु) अर्थको अन्धकार हो (रु)को अर्थ ज्योती तर्फ
डोरया्ई लिने गुरु महान यति बुझ्ने गर नानी
४अथक प्रयास गरिकन लान्छन् सधै जीन्दगीमा
अन्धरको जालोभित्र तिमी कहिले नपर नानी
५,मैन बत्ती झै आफु बलेर दुनिँयालाई प्रकाश दिने
तिनै गुरु महान हुन्छन् पुज्दै जाने गर नानी
६,बा आमाले जन्माएर जिम्मा द्न्छिन् गुरुलाई
असल व्यक्ति बनाईदिने मानी ठुलो भर नानी
७,भविष्यका निर्माता हुन् पध प्रदश यिनै गुरु
ज्ञानको ज्योती लिनलाई यिनै सामु सर नानी
८,कुमाले झै शिष्यलाई थरिथरि आकार ढाल्दै
डक्टर पाईलट ईन्जिनियर बन्छन् यीनकै भर नानी
९,एक लब्यले गुरु दक्षिण बुढि औँला काटिदिए
त्यस्तै गर्न नसकेनी मान सम्मान गर नानी
१०,जसको नीति निर्देशनमा महान व्यक्ति बन्छौ भोली
तिनै गुरु पुज्य हुन्छन् सधै पुज्ने गर नानी
जंग बहादुर बुढा (विरही साईला)
शिक्षक ः चन्दननाथ मावि खलंगा जुम्ला